गणेश लामालाई गोली हान्न खोज्ने भेटिएनन्,थप १० दिन जेलमै सडाउन सिडिओले दिए यस्तो आदेश



हाम्रो इकोनोमि

पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद दिएको छ। हातहतियार तथा खरखजनाम मुद्दामा जिल्ला प्रशासन कार्यालयले म्याद थप गरेको हो।

उनलाई फागुन ३० गते प्रहरीले पिंगलास्थानबाट पेस्तोलसहित पक्राउ गरेको थियो। लामालाई एक व्यक्तिले गोली हान्न खोजेको र लामाले पनि जवाफी फायर गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई गोली हान्न खोज्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। लामाले भने बरामद पेस्तोल आफ्नो नभएको र प्रहरीले फसाएको दाबी गर्दै आएका छन्।

काभ्रेली समूहका नाइके मानिने लामा नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय छन्। लामालाई प्रहरीले इन्काउनटर गर्न खोजे पनि राजनीतिक दबाबका कारण सकेको थिएन।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...