गणेश लामालाई गोली हान्न खोज्ने भेटिएनन्,थप १० दिन जेलमै सडाउन सिडिओले दिए यस्तो आदेश



हाम्रो इकोनोमि

पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद दिएको छ। हातहतियार तथा खरखजनाम मुद्दामा जिल्ला प्रशासन कार्यालयले म्याद थप गरेको हो।

उनलाई फागुन ३० गते प्रहरीले पिंगलास्थानबाट पेस्तोलसहित पक्राउ गरेको थियो। लामालाई एक व्यक्तिले गोली हान्न खोजेको र लामाले पनि जवाफी फायर गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई गोली हान्न खोज्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। लामाले भने बरामद पेस्तोल आफ्नो नभएको र प्रहरीले फसाएको दाबी गर्दै आएका छन्।

काभ्रेली समूहका नाइके मानिने लामा नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय छन्। लामालाई प्रहरीले इन्काउनटर गर्न खोजे पनि राजनीतिक दबाबका कारण सकेको थिएन।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...