आइजीपी बनाउन नयाँ कार्यबिधी ओली आफैले बनाउने,प्रहरी प्रमुख को हुने भन्ने यसरी बढ्यो अन्यौल



सरकारले नयाँ प्रहरी महानिरीक्षक नियुक्तिका लागि तयारी थालेको छ।

कार्य विधि बनाएर प्रहरी महानिरीक्षक नियुक्ति गर्न सरकारले गृहकार्य थालेकाे हो। यो पटक पनि डिआईजीमध्येबाटै महानिरीक्षक चयन गर्नुपर्ने भएपछि कार्यविधि निर्माण प्रक्रिया सुरु गरिएकाे छ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २०४४ चैत २९ मा सेवा प्रवेश गरेका १५ अतिरिक्त महानिरीक्षक, ९ नायब महानिरीक्षक र २ वरिष्ठ उपरिक्षक ३० वर्षे सेवा अवधिका कारण चैत २८ मा अनिवार्य अवकाश पाउँदैछन्।

सरकारले महानिरीक्षक बनाँउदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वा नायब महानिरीक्षक (डिआईजी) बाट बढुवा गर्न सक्ने प्रहरी नियमावलीमा व्यवस्था छ। उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक बनाउनु अघि दुई रात अतिरिक्त महानिरीक्षक बनाइएको थियो। हालका महानिरीक्षक प्रकाश अर्याल भने डिआईजीबाट सिधै महानिरीक्षक भएका हुन्।

यसअघिको बढुवामा डिआईजीका रुपमा चार वर्षभन्दा बढी समयावधि कार्य सम्पादन गरेका अधिकृतबाट सरकारले महानिरीक्षक छान्दै आएको थियो। तर यसपटक जम्मा आठ महिना कार्य सम्पादन गरेका अधिकारीमध्येबाट छनोट गर्नुपर्ने स्थिति छ। यो जटिलता समाधान गर्न कार्यविधि वैज्ञानिक र सर्वसम्मत आधार तयार गर्न लागिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्राेतले नेपालखबरलाइ बतायाे।

हाल महानिरीक्षकको प्रतिस्पर्धामा रहेका डिआईजीहरुको मूल्यांकन एसएसपी हुँदासम्मको मात्र छ। डिआईजी भइसकेपछिको कार्यसम्पादन मूल्यांकन नयाँ कार्यविधिअनुसार हुनेछ।

सरकारले नियमावलीअनुसार डिआईजीबाट आईजिपी छनौट गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा उपयुक्त देखेको अधिकारीलाई नियुक्त गर्नुपर्छ। सरकारले प्रहरी महानिरीक्षक बढुवाका कारण हुने बदनामीबाट बच्न समेत प्रहरी नियमावली २०७१ को नियम ४१ ले गरेको ब्यवस्था अनुसार कार्यविधी बनाउने तयारी थालेको हो।

ओलीकै अग्रसरता
महानिरीक्षक नियुक्तिलाई विवादरहित बनाउन प्रधानमन्त्री केपी शर्मा ओली आफैँले अग्रसरता देखाइरहेका छन्। उनकै निर्देशनमा अघिल्लो बढुवामा देखिएको विवाद र बदनामीबाट सचेत रहेर सरकारले नयाँ अभ्यासको थालनी गर्न लागेको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले साउनमा बढुवा भएका १५ मध्ये ९० औं टोलीका ७ जना नायब महानिरीक्षकलाई मुख्य प्रतिस्पर्धी बनाएर कार्य सम्पादन मूल्यांकनको कार्यविधि बनाउन छलफल गरिरहेका हुन। महानिरीक्षक नियुक्तिको समय नजिकिँदै जाँदा पार्टीभित्र र बाहिरबाट बढ्ने दवाब व्यवस्थापन गर्न समेत कार्यविधि बनाउनु पर्ने अवस्थामा सरकार पुगेको हो।

‘मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधी बनाएर विज्ञ समूहको मूल्यांकनपछि सरकारले बढुवा सिफारिस गर्ने व्यवस्थाका विषयमा छलफल भएको छ। कार्यविधिअनुसार पारदर्शी किसिमले अघि बढ्ने योजना हो,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो।

को को हुन् प्रतिस्पर्धी?
नेपाल प्रहरीमा पूर्ववर्ती शेरबहादुर देउवा सरकारले बढुवा गरेका १५ डिआईजीमध्येकै ७ जना महानिरीक्षकका प्रतिस्पर्धी छन्। महानिरीक्षक बन्ने प्रतिस्पर्धामा डिअाइजी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्कीको नाम चर्चित छ। खनाल कुमार श्रेष्ठ उर्फ घैँटे इन्काउन्टरका सुत्रधार मानिन्छन्। खरेल अाफ्नाे अडानमा दृढ रहने प्रहरी अधिकृतमध्येका एक हुन्। कार्की नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचन हत्याकान्डकाे सफल अनुसन्धानकर्ताका रूपमा चर्चामा छन्।

यस्तै मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह समेत प्रतिस्पर्धामा छन्। महानिरीक्षक प्रतिस्पर्धामा रहेका ७ मध्ये ६ जना २०४६ माघ २९ मा सेवा प्रवेश गरेकाहरु हुन्। रमेश खरेल एक जना २०४५ फागुन १ गते सेवा प्रवेश गर्नेमा छन्।

देउवा सरकारले गत साउनमा ७५ औं टोलीका भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द्र रंजित तथा ७७ औं टोलीका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द डिआईजीमा बढुवा गरेको थियो। ७५ औं टोली २०४४ चैत २९ र ७७ औं टोली २०४५ असार ३० मा सेवा प्रवेश गरेको हो। ७५ औं टोली महानिरीक्षक अर्यालसँगै चैत २९ मा अनिवार्य अवकाशमा जानेछ।

७७ औं टोलीको जम्मा ३ महिना सेवाअवधि रहेका कारण यो टोलीबाट महानिरीक्षक बन्ने सम्भावना न्यून छ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी