लालबाबु पण्डितलाई चुनौती,सचिब सहितका बहालवाला यी १६ कर्मचारी संग अझै छ डिभी,पिआर(नाम सहित)



डिभि पिआर विरुद्ध निजामति सेवा ऐन चौथो संशोधन गराएर मन्त्री लालबाबु पण्डितले चर्चा कमाए । डिभिपिआर लिएकालाई निजामति सेवामा रहन नदिने उनको निर्णयले कम्तिमा ६८ जनाको जागीर गएको थियो ।

तर उक्त ऐनले गरेको व्यवस्थालाई अस्वीकार गर्दै सचिव, सहसचिव देखि अफिसरसम्मका कर्मचारी अझै डिभिपिआर बोकेर निजामति सेवामा रहेको खुलासा भएको छ । हामीलाई प्राप्त विवरण अनुसार उनीहरुमध्ये अधिकाशंले अमेरिकाको अस्थायी आवासीय अनुमति पत्र (डिभी) लिएका छन् । यस्तै केहीले क्यानडा, अष्ट्रेलियाको पिआर लिएर बसेको समेत भेटिएको छ ।

उनीहरुको परिवारका अन्य सदस्यहरु सम्वन्धित देशमा बस्दै आएको र ती कर्मचारीले हरेक बर्ष ति देश पुगेर आफ्नो अस्थायी आवासीय अनुमति पत्र नविकरण गर्ने भेटिएको छ । स्रोतका अनुसार नेपाल सरकारका सचिव गोपीनाथ मैनालीले अमेरिकाको डिभी प्राप्त गरेका छन् । उनका दुइ छोरा अमेरिका बस्दै आएका छन् । उनले निजामति सेवा ऐन चौथो संशोधन विपरित डिभि लिएर निजामति सेवामा छन् ।

यस्तै कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीको पनि अमेरिकामा पिआर छ । उनकै पहलमा तीन महिनाअघि अमेरिकी दुतावासले कानुन समूहका करिब ३ सय अधिकृतलाई तालिम दिएको थियो । त्यसका लागि ज्ञवालीको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । यस्तै इञ्जिनियर दिनेश थानीसँग क्यानडाको पिआर रहेको स्रोतको दावी छ । र शाखा अधिकृत रहेकी थानीकी श्रीमती सुनिता पौडेलसँग पनि क्यानडाको पिआर रहेको छ ।

यस्तै निम्न लिखित कर्मचारीहरुसँग अमेरिकाको डिभी र पिआर रहेको पाइएको छ । के मन्त्री लालबाबु पण्डितले उनीहरुको डिभी पिआर खोस्लान् त ?

डिभि पिआर होल्डरको नामावली

१.गोपीनाथ मैनाली – सचिव, कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालय
२.नारायण मैनाली – उपसचिव
३.रामसाद आचार्य – उपसचिव
४. लवन्य ढकाल – सहसचिव
५. कृष्ण ज्ञवाली – सहसचिव
६. गोपाल भट्टराई – न्यायाधिश
७. श्रीकृष्ण भट्टराई – न्यायाधीस
८. कुमार तिम्सीना – उपसचिव
९. प्रदीप निरौला – उपसचिव
१०. लक्ष्मी शाही – अफिसर
११. शत्रुघन पोखरेल – उपसचिव
१२. सुसन डुवाडी – अफिसर
१३ः किरण शर्मा – सहसचिव
१४. दिनेश थानी – इञ्जिनियर
१५. सुनिता पौडेल – अफिसर
१६. धनराज ज्ञवाली – सहसचिव कानुन

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी