उपेन्द्रले भाउ खोजेपछी उनलाई देखाईदिन ओली महन्थ ठाकुर संग नजिकिदै,सरकारमा फोरम आउट राजपा इन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन ईच्छा नै नदेखाएको खुलासा भएको छ ।

यसअघि फोरम दुई मन्त्रालय पाउनेगरि सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, फोरम अध्यक्ष यादवले संविधान संशोनधमा लिखित प्रतिबद्धता खोजेपछि सरकारमा फोरमको सहभागितामा ढिलाई भएको थियो ।

सुरुवातमै सत्तारुढ दल एमाले र माओवादी केन्द्रले फोरमलाई सरकारमा ल्याउने अन्तिम तयारी भैसकेकोले आज वा भोलि नै आउने हल्ला मच्चाएका थिए । जुन कुरा उपेन्द्र स्वयमले अस्विकार गरेका थिए ।

मुख्य कुरा उपेन्द्रले संविधान संशोधनमा लिखित सम्झौता गर्न आग्रह गर्दा ओलीले मानेनन् । बरु यादवको प्रस्ताव ठाडै अस्विकार गरिदिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग नजिक देखिएका छन् । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्रबीच राम्रो सम्बन्ध छ । प्रचण्डले यादवलाई सरकारमा सहभागी गराउन अथक प्रयास गरे । तर, ओलीले कुनै ग्रिन सिग्नल नदिएपछि उनी पनि थाकेका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...