एसएसपीकै कमाण्डमा ८८ केजी सुन तस्करी भएको यसरी भयो खुलासा,कसरी लाग्यो पुलिस बाटै सुनमा धमिरा



हालसम्मकै सबैभन्दा ठूलो परिमाणको ८८ किलो सुन बरामद गरेर चर्चामा आएका अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीमाथि सुन तस्करसँग मिलेको आरोप लागेको छ ।

३३ किलो तस्करीको सुन विवादमा हत्या गरिएका सनम शाक्यको मुद्दामा अपराध महाशाखाका एक जुनियर अधिकृत तथा त्यहाँ कार्यरत उच्च अधिकृतहरुको संलग्नतामा मुद्दा फितलो बनाइएको विषयले प्रहरी प्रधान कार्यालयमा समेत चर्चा मात्रै भएन भूमिका शंकास्पद रहेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ ।

प्रधान कार्यालयले छानबिन समिति बनाएपछि महाशाखा प्रमुख लोहनी विदामा बसेका छन् भने सई बालकृष्ण सञ्जेल अनुसन्धानको घेरामा तानिएका छन् । सञ्जेलकै कारण एसएसपी लोहनी विवादमा तानिएका हुन् । एसएसपी लोहनी प्रहरी संगठनमा राम्रा अधिकृतमध्येमा गनिन्छन् ।

स्रोतका अनुसार सो मुद्दामा महाशाखा प्रमुख लोहनी र डिएसपी प्रजित केसीको भूमिकाको विषयमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । सो समितिमा एसएसपी वसन्त लामा र डीएसपी सुदीप पाठक सदस्य रहेका छन् । २१ फागुनमा शाक्यको शव मोरङको उर्लाबारीमा भेटिएको थियो ।

त्यतिबेला स्कार्पियोमा मृत अवस्थामा भेटिएका उर्लाबारीका सनम शाक्यलाई यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । ३६ वर्षीय शाक्यलाई उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको हो ।

तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेपछि प्रहरी पनि तस्कर समूहसँग मिलेको आशंकामा छानबिन समित गठन गरेको प्रहरी स्रोतले जनाएको छ । यो विषयमा प्रहरी प्रधान कार्यालयले कुनै आधाकारिक जानकारी दिएको छैन ।

सनम शाक्यको विषयमा अपराध महाशाखामा कुनै पनि उजुरी परेको छैन । तर महाशाखाकै टोलीले शाक्यको शब कसरी बरामद गर्यो भन्ने विषयमा पनि थप छानबिनको आवश्यकता रहेको प्रहरी स्रोतले जनाएको छ । सुन कारोबारमा गडबडी भएपछि कारोबारीले शाक्यलाई अपहरण गरी यातना दिएर सूचना लिने प्रयास गर्दा शाक्यको मृत्यु भएको प्रहरीको दाबी थियो ।

शाक्यलाई हत्या गरी लासको व्यवस्थापन गर्न लैजाँदै गर्दा विराटनगर–३ दुर्गाचोक नजिकैबाट २१ फागुनमा प्रहरीले नियन्त्रणमा लिएको थियो । स्कार्पियोमा जिउँदो मान्छेलाई झैं पछाडि राखेको अवस्थामा शाक्यको शव फेला परेको थियो ।

२१ फागुनमै प्रहरीले सो घटनामा संलग्नभएको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–५ का मोहन काफ्ले र काभ्रे मण्डन देउपुर गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु विरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिइएको भए पनि आरोपीहरुले बयान फेरेपछि प्रहरी प्रधान कार्यालयले चासो लिएको हो ।

हत्या प्रकरणमा उनकै साथीहरु पक्राउ परेका छन्, तर उनीहरुको बयानका आधारमा शंका लागेपछि प्रहरीले अनुसन्धानका लागि डीआईजीको नेतृत्वमा छानबिन समिति बनाएको हो, प्रधान कार्यालय स्रोतले भन्यो । १५ फागुनमा शाक्यको अपहरण भएको थियो । उनीहरुले १८ फागुनमा यातना दिएर हत्या गरेका थिए ।

काठमाडौंमा ३३ किलो अवैध सुन हराएको आरोपमा शाक्यमाथि कारोबारीहरुले यातना दिएका थिए । ३३ किलो सुन हराएपछि गिरोहले शाक्यालाई यातना दिएर हत्या गरेको स्रोतको भनाई छ । प्रहरीले गोरे भनिने चुणमणि उप्रेतीलाई पनि सो प्रकरणमा अभियुक्त ठहर गरेको भए पनि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि शाक्यका परिवारले छानबिनको माग गर्दै आएका थिए । शाक्यले ३३ किलो सुन हराएको भने पनि त्यो सुन कसको र कसरी हराएको भन्ने विषयमा प्रहरीले अहिलेसम्म केही बताएको छैन । गत १६ असोजमा काठमाडौं स्वयम्भूमा तस्कर समूहले हत्या गरिएको गगन लामाको शव फेला परेका थियो ।

लामाले १८ किलो सुन केरुङ नाकाबाट नेपाल भित्र्याएका थिए । महाशाखाको अनुसन्धनमा लामाले असार २ गते चिनियाँ नागरिक बोई र तेन्जिङले रसुवामा ल्याएको तस्करीको सुन लाक्पा ग्याल्जेन तामाङलाई दिएका थिए । तामाङले सो सुन काठमाडौं ल्याउने जिम्मा उनै लामालाई दिएका थिए, तरुणमा उल्लेख छ ।

सुन लिएर रसुवाबाट हिँडेका लामा सम्पर्कविहीन भएपछि प्रहरी टोलीले लामाकी प्रेमिकाको सहयोगमा उनलाई नियन्त्रणमा लिएर तस्कर समूहबाटै छुरा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । सो विषयमा अपराध महाशाखाले कुनै जानकारी नदिई घटना ढाकछोप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी