सरुवा गरिदिन्छु भन्दै पैसा पनि लियो संगै पनि सुतायो भन्दै सांसद संग पिडितले यसरी गरिन हारगुहार



हाम्रो इकोनोमि

सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए ।प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् । उनी रहेछिन्, निशा झा ।

सुरुमा चर्को स्वरले चिच्याएकी उनी सांसदहरुले के भयो भनेर सोधेपछि केही नम्र भइन् । निशाले बताए अनुसार उनी स्वास्थ्यकर्मी पनि हुन् । तर, सरुवा गराइदिन्छु भन्दै राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको उनको आरोप छ ।

ठगीको अारोपमा उनी जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुर्व्यहार र शोषण गरे ।’

सांसदहरुले तपाईलाई न्याय दिलाउँछन् भने । तर, निशाको चित्त बुझेनछ र म कहाँ-कहाँ जाउँ भन्दै कराउन थालिन् । यो सायद राजपा नेता एवं सांसद मनिषलाई मन परेन, उनी पनि आक्रोसित मुद्रामा प्रस्तुत भए ।

उनले भने, तरुन्तै न्याय दिउँ ? माओवादी हौं र हामी ? विधिसम्वत रुपमा न्याय दिन्छौं ।
निशाः रमन सिंह भन्छ भूमिगत छु । तपाईको कार्यकर्ता, केन्द्रीय सदस्यलाई सम्पर्क गर्नुस् । यदि म दोषी छु भने मलाई काबारही गर्नुस् तर, राजेन्द्र महतोलाई देखाएर मलाई शोषण गरिएको छ, मेरो पैसा लगिएको छ ।

केहीबेर चर्काचर्की भएपछि प्रदेशसभा सदस्य सुमन छानविन गर्छौ भन्दै त्यहाँबाट हिडेका छन् ।

के हो विवाद ?

निशा झाको दाबी छ कि राजपा केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएरयौन शोषण गरे । आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनले दाबी गरेकी छन् । तर, रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् ।

निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी पनि दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...