एमालेकै सांसदले संसदमा ओलीको बिरोध गरे,यी हुन् इयूको दानापानी खाएर समर्थन गर्ने सांसद



प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा युरोपेली युनियन (इयू) को धारणाबारे संसदमा सांसदहरुबीच दोहोरी चलेको छ।

सोमबार बसेको संसद् बैठकमा इयूले प्रतिवेदनमा समावेश गरेको विषयलाई लिएर सत्तापक्ष र मधेसकेन्द्रित दलले पक्ष-विपक्षमा कुरा राखे। इयूको प्रतिवेदनको सत्तापक्षीय सांसदले विरोध गरेका छन् भने मधेसकेन्द्रित दलले समर्थन गरेका छन्।
नेकपा एमालेका सांसद भीम रावलले युरोपेली युनियनले नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्दै प्रतिवेदन पेश गरेको भन्दै विरोध गरे।

त्यस विपरीत मधेसकेन्द्रित दलका सांसदले इयूको प्रतिवेदनको समर्थन गरे। राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले व्यापक असन्तुष्टिका बीच संविधान जारी भएको भन्दै इयूको धारणाको बचाउ गरे। कुनै पनि देशका नागरिकलाई परेको अन्यायको विषयमा इयू जस्तो संस्थाले बोल्न पाउने दाबी गर्दै उनीहरुले संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन हुनुपर्ने बताए।

संसद् बैठकमा सत्तापक्षीय नेकपा एमालेका सांसद विरोध खतिवडाले नियमापत्ति जनाएका छन्।
सरकारले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको विषयमा संसदलाई जानकारी नगराएको भन्दै सांसद खतिवडाले सोमबारको बैठकमा नियमापत्ति जनाएका हुन्। संसदमा खासगरी विपक्षी दलका सांसदले नियमापत्ति गर्ने चलन भए पनि प्रतिनिधिसभा वैठकमा सत्ता पक्षकै सांसदले सरकारकाे धारणा माग गर्दै अापत्ति जनाएका हुन्।

पाकिस्तानी प्रधानमन्त्रीसँग भएको भेटको उद्देश्य र छलफलका विषयमा सरकारले संसदलाई जानकारी नगराएको भन्दै उनले त्यसबारे संसदले जानकारी पाउनुपर्ने बताए। पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको विषय यसअघिका संसद् बैठकको कार्यसूचीमा पेश नभएको भन्दै उनले सो विषय तत्काल संसदलाई जानकारी गराउन माग गरे।

त्यस्तै, सांसद खतिवडाले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका विषयमा पनि संसदलाई जानकारी गराउन माग गरे।’प्रधानमन्त्री भारत जाने विषयमा संसदले जानकारी पाउनुपर्छ कि पर्दैन? संसदबाट जनतामाझ पुग्नुपर्छ कि पर्दैन?’ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी