प्रधानमन्त्रीले नियुक्त गरे यी दुई सल्लाहकार,१५ गते संघीय संसदमा राष्ट्रपतिलाई सम्बोधन गर्न दिइने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् । बाराका मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको हो ।
एमाले नेता मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए चर, चुनाव हारे ।
यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्ने भएकी छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलार्इ सम्बोधन गर्ने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...