वाम एकता अन्तिम तयारीमा, तिन सय एक केन्द्रिय कमिटी, को को छन नयाँ अनुहार



हाम्रो इकोनोमि

एमाले-माओवादी केन्द्र एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदल आफ्नो प्रतिवेदन तयारीको अन्तिम कसरतमा जुटेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी दुवै पार्टीका शीर्ष नेताबीच छलफल चलेपछि कार्यदलले आफ्नो प्रतिवेदन तयारीलाई अन्तिम रूप दिन कसरतमा लागेका हुन् । अन्तरिम विधान र राजनीतिक प्रतिवेदन तयार पार्न ७ फागुनमै एकता संयोजन समितिले दुई वटा छुट्टाछुट्टै कार्यदल बनाएको थियो ।

माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा अन्तरिम विधान र एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन कार्यदल बनाएको थियो ।राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलको आइतबार मात्रै पनि एमाले संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।कार्यदलमा तयार भएको मस्यौदामा आइतबार सदस्यले सुझाव दिएको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिए । नेता नेम्बाङका अनुसार अब १४ गते पुनः कार्यदलको बैठक बसी बुँदागत छलफल गर्दै पारित गर्ने, १४ नभए पनि १५ गतेभित्र प्रतिवेदन तयार पारी एकता संयोजन समितिलाई बुझाउने तयारी भइरहेको छ ।,

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...