भारतीय प्रहरीले नेपाली नागरिक अपहरण गरेर १२ लाख भारतीय रुपैयाँ फिरौती माग



हाम्रो इकोनोमि

भारतको तिकुनियाबाट भारतीय अर्धसैनिक बल स्पेशल टास्क फोर्स (एसटीएफ) बाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् ।

नियन्त्रणमा लिएपछि उनीसँग १२ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो । बन्धक बनाई रकम असुलिरहेको कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा गौरीफन्टाबाट ती नेपाली नागरिकलाई मुक्त गरेको हो ।

 

पोखराबाट कामको सिलसिलामा चैत ६ गते कैलालीको टीकापुर पुगेका लेखनाथ महानगरपालिका-४ चिप्लेढुंगाका ६३ वर्षीय कुतवद्धिन मियालाई टीकापुर आएकै दिन तिकुनियाबाट एसटीएफको टोलीले नियन्त्रणमा लिई परिवारजनसँग फिरौती माग गरेको थियो ।

उनलाई भारतीय मुलका दुईजनाले तिकुनिया घुमाउन भनेर लगेको र सोही दिन तिकुनियास्थित भारतीय प्रहरी चौकीबाट गएको एसटिएफको टोलीले गाडीमा राखेर लगेको बताइएको छ ।

स्रोतका अनुसार उनलाई घुम्नका लागि टीकापुरबाट लैजाने भारतीय मुलका व्यक्तिहरुकै मिलेमतोमा एसटिएफले अहपरण गरेको थियो ।

नाटकीय अपहरण र मुक्ति

नाटकीय ढंगले अपहरणमा परेका उनी नाटकीय ढंगले मुक्त भएका छन् । उनको अपहरण र मुक्ति पनि रहस्यमय छ । उनलाई शनिबार साँझ भारतीय प्रहरीले गौरीफन्टा नाकाको कोतवालीबाट मुक्त गरेको हो । उनका ज्वाइ भारतीय रुपैया सहित पक्राउ परेपछिमात्र अपहरणको पाटो बाहिर आएको हो ।

उनको रिहाइका लागि पोखराबाट आएका छोरीहरु र ज्वाइँले फिरौती वापतको रकम समेत बोकेर आएका बताएका छन् । त्यही फिरौतीको रकम बुझाउन गौरीफन्टा जान खोज्ने क्रममा ज्वाइँ रिजुद डे चैत ९ गते ८ लाख भारतीय रुपैयाँसहित एसएसवीद्वारा नाकामा पक्राउ परे । त्यसपछि मात्र मिया अपहरणको घटना बाहिर आएको थियो ।

तिकुनियाबाट अपहरण गर्ने एसटिएफएको टीमले उनलाई फिरौती वापतको रकम लिएर गौरीफन्टामा आउन भनेका थिए । एसटिएफएमको त्यही चेतावनीपछि मियाका परिवारका सदस्यले फिरौती वापत माग गरिएको रकमको जोहो गरेर पोखराबाट धनगढी आएको बताए ।

अपहरण मुक्त भएपछि मिया सपरिवार आइतबार बिहान गृहनगर पोखरा फर्किएका छन् । बुवा अपहरण मुक्त भएपछि छोरा, छोरी र ज्वाइँ अत्यन्त खुशी भएपनि फेरि के हुने हो भन्ने डरले चुपचाप घर फर्केका छन् । उनीहरुले अपहरण गर्ने कसैका बिरुद्ध उजुरी दिएका छैनन् ।

कसरी अपहरणमा परे मिया ?

पोखरा घर भएका मिया ४ गते नारायणगढका लागि घरबाट हिँडे । नारायणगढमा उनी छोरीको घरमा बसे । ५ गते त्यहाँबाट भाञ्जाको बिहेका लागि भैरहवा हिँडे ।

बुटवलबाट कैलालीको लम्कीको रात्री बसमा चढे । ६ गते बिहान उनी लम्की पुगे र त्यहाँबाट अर्को बस चढेर बिहान ९ बजे टीकापुर ।

टीकापुरमा उनी ऐन बहादुर मल्ललाई भेट्न आएका थिए जोसँग उनले जग्गाको पैसा लिन बाँकी थियो । त्यो पनि निकै पुरानो ।

उनी मल्लको सम्पर्कमा नआउँदै दुई जना भारतीय मुलका व्यक्तिको सम्पर्कमा आए । उनीहरुकै सल्लाहमा मिया घुम्नका लागि तिकुनिया पुगे । त्यहाँ चिया पिउँदै गर्दा भारतीय प्रहरी आए । उनलाई चिया पसलबाट तिकुनियाको प्रहरी चौकीमा लगियो ।

हातमा कालो ब्याग थमाइयो

उनको हातमा कालो व्याग थमाइयो । र त्यो व्यागमा भएको सामान किनिरहेको बहानामा उनलाई नियन्त्रणमा लिइयो । तर त्यो व्यागमा के थियो ? मियालाई थाह थिएन । उनलाई त्यहाँबाट भारतीय प्रहरीले गाडीमा राखेर लखिमपुर लगे र १२ लाख रुपैयाँ फिरौती वाफत माग गरे ।

फिरौती नदिए ८ वर्ष जेलमा राख्ने भन्दै धम्क्याए । उनलाई लखिमपुर प्रहरीकै गाडीमा लगिएको थियो । तर राति कुनै व्यक्तिको घरमा राखियो । उनलाई खानलाई रोटी दिए । र त्यो राति त्यहीँ सुताए ।

दोस्रो दिन उनलाई आफूलाई भारतीय एसटिएफ बताउने व्यक्तिहरुले गाडीमा राखेर भीराको जंगलमा पुर्‍याए । त्यहाँ उनलाई भारतीय प्रहरीकै कार्यालयमा राखिएको थियो । उनलाई शुरुमा फिरौती वापत १२ लाख रुपैयाँ माग गरिएपनि पछि ८ लाखमा कुरा मिल्यो ।

एसटिएफएको टोलीले मिया आफ्नो नियन्त्रणमा रहेको र उनको रिहाइका लागि ८ लाख भारतीय रुपैयाँ लिएर आउन मियाको घरमा फोन गरे । मियाकी दुई छोरी, ज्वाइँ र छोरा रकम लिएर ६ गते राति धनगढी आइपुगे । राति नयाँराम होटलमा बास बसे ।

एसटिएफको टोलीद्वारा उनका ज्वाइँलाई पैसा ल्याएर ८ गते गौरीफन्टा आउन भनिएको थियो । उनका ज्वाइँले ससुरा भएपछि मात्र पैसा ल्याउने बताए । र अपहरणकारीले मियालाई हेर्न बोलाए ।

अपहरण मुक्त गर्नअघि के भयो ?

गौरीफन्टामा पेट्रोल ट्यांकर नजिकै गाडीभित्र राखिएका मियालाई उनका ज्वाइँले टाढाबाट हेर्न पाए । तर भेट्न पाएनन् । गाडीभित्र उनीसहित ६ जना थिए । त्यसपछि उनी पैसा लिएर गौरीफन्टा जाँदै गर्दा एसएसवीद्वारा समातिए ।

८ लाख भारतीय रुपैयाँसहित समातिएपछि उनले सबै कुरा एसएसवीलाई बेलिबिस्तार लगाए । त्यसपछि एसएसवीले त्रिनगर प्रहरी चौकीमा खबर गरे । एसएसवीको त्यही जानकारीका आधारमा नेपाल प्रहरीले खोजी शुरु गर्‍यो ।

तर, उनलाई मुक्त गर्न सकेन । ९ गते अपहरणकारीहरुले उनकी छोरी हविना खातुनलाई पैसा ल्याएर आउन भने । पैसा गौरीफन्टाको जंगलमा छोड्न आदेश दिए । र, मियालाई पनि त्यही ठाउँमा छोड्ने बताए । तर त्यतिबेला उनी एसटीएफको नियन्त्रणमा रहेको हल्ला भइसकेको थियो । र अन्तिममा चार लाख रुपैयाँ माग गरेका एसटिएफएले त्यो रकम टीकापुरबाट उनलाई तिकुनिया ल्याउने व्यक्तिलाई रुपैयाँ दिन भनेका थिए । तर उनलाई धम्क्याएर गैरकानुनी रुपमा नियन्त्रणमा राखेको हल्ला चलेपछि एक जना भारतीय प्रहरी मार्फत एसटिएफएको टोलीले १० गते शनिवार साँझ गौरीफन्टामा ल्याएर छोडेको थियो ।

अपहरणमा संलग्न एसटिएफएको टोली गुपचुप भागेको छ । नियन्त्रणमा राखिएको बनगाउँस्थित भारतीय प्रहरीले पनि यस घटनामा मौनता साँधेको छ

मिया आफ्नो नियन्त्रणमा रहेको र उनलाई मुक्त गर्न रकम ल्याएर आउन भनेर जुन मोबाइल एसटीएफले प्रयोग गरेको थियो, त्यो नम्बर बनगाउँमा रहेको बालाजी मेडिकलका सञ्चालक निरज गुप्ताको रहेको पाइएको छ ।

मियाको अपहरणमा संलग्न एसटिएफएको टोली गुपचुप भागेको छ । नियन्त्रणमा राखिएको बनगाउँस्थित भारतीय प्रहरीले पनि यस घटनामा मौनता साँधेको छ ।

मियालाई मुक्त गरेपनि उनको हातमा रहेको राडो कम्पनीको घडी, एक तोला सुनको औंठी र १२ हजार नेपाली रुपैयाँ अपरहणकारीहरुले लगेका छन् ।

के भन्छ नेपाल प्रहरी ?

मिया अपहरणमा परेको अनौपचारिक जानकारी कैलालीको प्रहरीले पाइसकेको थियो । संयोगवश चैत १० गते धनगढीमा नेपाल भारत उच्च अधिकारीको नियमति बैठक थियो । भारतको लख्खिनपुर जिल्लाका सुरक्षा अधिकारी पनि आएका बेला कैलालीका सिडिओ र एसपीले यो प्रकरणको कुरा उठाए ।

तत्कालै यसबारेमा सोधपुछ हुन थालेपछि भारतीय पक्षले अनुसन्धानका क्रममा मियालाई नियन्त्रणमा लिएको र कागज गरेर छाड्ने तयारी भइरहेको नाटकीय जवाफ दियो । त्यसको लगत्तै २० मिनेटमै मिया छुटे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वीरबहादुर बुढामगरका अनुसार मियालाई टिकुलिया बोर्डरबाट सादा पोशाकका भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाए लगत्तै उनको बारेमा भारतीय पक्षसँग सोधखोज गरिएको थियो । मियालाई किन पक्राउ गरियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट नभए पनि उनीमाथि गलत व्यवहार भएको बुझिएको उनले बताए । अनलाइन खबरमा समाचार छ

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...