गेष्ट हाउस र घरमा छापा मारेर प्रहरीले यसरी समात्यो २४ जुवाडे,कहाँ-कहाँ बाट को-को समातिए



हाम्रो इकोनोमि

प्रहरीले काठमाडौंका भिन्दाभिन्दै होटल, घर र खुला चौरमा छापा मारेर २५ जुवाडेलाई साढे २ लाख नगद सहित पक्राउ गरेको छ।प्रहरीले चन्द्रागिरी नगरपालिका–८ मातातीर्थस्थित तुलाराज पाण्डेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय सुक्रबहादुर सुनुवारसहित ८ जनालाई शनिबार नगद ९७ हजार रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौँ महानगरपालिका–१५ स्थित अर्जुन थापाको डेरा कोठामा जुवातास खेलिरहेका नागार्जुन नगरपालिका–६ बस्ने ४१ बर्षीय राम लामासहित ५ जनालाई प्रहरीले शनिबार १ बुक तास र नगद १ लाख २९ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो।

यस्तै काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित न्यू लक्ष्मी गेष्ठ हाउसमा तास खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय छिरिङ गुरुङ्ग सहित ५ जनालाई प्रहरीले शनिबार नगद २१ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ कुमारी क्लब बल्खु नजिकै खाली चौरमा पार्किङ गरी राखेको गाडीको पछाडि साईडमा जुवातास खेलिरहेका धादिङ्ग पालुङ्गे घर भई हाल काठमाडौँ स्युचार बस्ने २० बर्षीय सुरेश थापा मगर सहित ६ जनालाई प्रहरीले शनिबार नगद ९ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...