गेष्ट हाउस र घरमा छापा मारेर प्रहरीले यसरी समात्यो २४ जुवाडे,कहाँ-कहाँ बाट को-को समातिए



हाम्रो इकोनोमि

प्रहरीले काठमाडौंका भिन्दाभिन्दै होटल, घर र खुला चौरमा छापा मारेर २५ जुवाडेलाई साढे २ लाख नगद सहित पक्राउ गरेको छ।प्रहरीले चन्द्रागिरी नगरपालिका–८ मातातीर्थस्थित तुलाराज पाण्डेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय सुक्रबहादुर सुनुवारसहित ८ जनालाई शनिबार नगद ९७ हजार रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौँ महानगरपालिका–१५ स्थित अर्जुन थापाको डेरा कोठामा जुवातास खेलिरहेका नागार्जुन नगरपालिका–६ बस्ने ४१ बर्षीय राम लामासहित ५ जनालाई प्रहरीले शनिबार १ बुक तास र नगद १ लाख २९ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो।

यस्तै काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित न्यू लक्ष्मी गेष्ठ हाउसमा तास खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय छिरिङ गुरुङ्ग सहित ५ जनालाई प्रहरीले शनिबार नगद २१ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ कुमारी क्लब बल्खु नजिकै खाली चौरमा पार्किङ गरी राखेको गाडीको पछाडि साईडमा जुवातास खेलिरहेका धादिङ्ग पालुङ्गे घर भई हाल काठमाडौँ स्युचार बस्ने २० बर्षीय सुरेश थापा मगर सहित ६ जनालाई प्रहरीले शनिबार नगद ९ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...