सामुहिक बलात्कारपछि १२ बर्षीया बालिकालाई जिउदै जलाइयो



हाम्रो इकोनोमि

भारत, असमको नगांव जिल्लामा ५ कक्षामा अध्ययनरत १२ बर्षीया बालिकालाई तीन जनाले सामूहिक बलात्कारपछि जिउदै जलाइदिएका छन् । उनीहरुले मट्टितेल छर्केर आगो लगाई ती बालिकाको हत्या गरेको बीबीसी हिन्दीले जनाएको छ ।
घटना बटद्रोबा प्रहरी थाना अन्तर्गतको लालुंग गाउमा शुक्रवार भएको हो । प्रहरीका अनुसार पीडित बालिकाको ९० प्रतिशत शरीर जलेको थियो । उनको त्यही राति मृत्यु भयो । उनी होसमै भएका बेला प्रहरीलाई आफ्नो बयान दिएकी छन् । त्यही बयानका आधारमा प्रहरी बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । यी दुबै पनि नाबालिग छन् ।

पक्राउ परेका दुबैजनाले आफ्नो अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न अर्का युवा जाकिर हुसैन भने फरार छन् । उनको खोजी तिब्र पारिएको छ । यो घटनापछि गाउले निकै आक्रोसित भएका छन् ।
शुक्रवार ती बालिका स्कुलबाट घर फर्किरहेकी थिइन । छिमेकी जाकिर हुसैन लगायत उनका अरु दुई साथीहरुले उनलाई पछ्याएका थिए । त्यसपछि उनीहरु घरमै पसेर बलात्कार गरेका हुन । लगत्तै बालिकाको शरिरमा मट्टित्तेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...