पार्टी एकताको साइत जुर्यो,ओली भारत जानु अघिल्लो दिन यसरी हुदैछ एकता



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता चैत २२ मै हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘पार्टी एकताका लागि सबै प्रक्रियाहरु पूरा हुँदैछन् चैत २२ मै एकता हुन सक्छ ।’

एमालेले तयारी पूरा भइसकेको र माओवादीमा अझै तयारी नभएको हो त भन्ने प्रश्नमा गुरुङले भने, ‘हामी पनि तयार भइसक्यौं ।’

गुरुङले तयारीको अल्झनका विषयमा भित्री रहस्य केही नभएको स्पष्ट पार्दै भने, ‘पार्टी एकताका लागि हामी तयार नै छौं भित्री गोप्य केही छैन, बाहिर जस्तो छ चित्र पनि त्यस्तै छ ।’

एकताका मुख्य योजनाकार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बैशाख १० गते पार्टी एकताको घोषणा गर्ने योजना सुनाइरहँदा चैत २२ मै गर्नुपर्नेतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल अगाडि बढाएपछि माओवादी पनि तात्तिएको हो ।

ओलीको भारत भ्रमण चैत २३ गतेदेखि हुँदै गर्दा त्यसअघि नै सकारात्मक सन्देश प्रवाह गर्नका लागि पार्टी एकता अगाडि गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...