संचार मन्त्रालय पाए उपेन्द्र यादव फाल हानेर ओली सरकारमा जाने,केपी संग सहमती हुदैछ चारपाने



संघीय समाजवादी फोरमले तेस्रो चरणको सरकार विस्तारको क्रममा फुटाइएको शहरी विकास मन्त्रालय नलिने भएको छ। सरकारमा जाने तय भइसके पनि ढिलाइ गरिरहेको फोरमले आफूले लिने मन्त्रालयमा असन्तुष्टि जनाइरहेको छ।

आफूसँग सल्लाह नगरी शहरी विकास तथा खानेपानी मन्त्रालय फुटाएको भन्दै फोरमले शहरी विकास मन्त्रालयको विकल्पमा जनतासँग जोडिएको अर्को मन्त्रालय दिन सरकारलाई आग्रह गरेको छ। सरकारसँग सोही विषयमा कुरा नमिल्दा फोरम सरकारमा जान ढिलाइ भइरहेको छ।

तेस्रो चरणको सरकार विस्तार अगाडि शहरी विकास तथा खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फोरमले लिने सहमति बनेको थियो।

फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र मन्त्रालयको विषयमा अन्तिम टुंगो नलागेकाले सरकारमा जान ढिलाइ भइरहेको बताए।

‘सरकार विस्तारमा हामीले भन्दा पनि सरकारले गृहकार्य नगर्दा ढिलाइ भइरहेको छ’, अध्यक्ष यादवले भने, ‘छलफल टुंगोमा पुगेपछि फोरम सरकारमा जानेछ।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार फोरमले शहरी विकास मन्त्रालयको साटो जनतासँग सरोकार राख्ने अर्को मन्त्रालय दिन प्रस्ताव गरेको छ। उसले शहरी विकासभन्दा सूचना तथा सञ्चार मन्त्रालय दिन सरकारसँग माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या र सूचना तथा सञ्चार मन्त्रालयसँगै एक राज्यमन्त्री पाउनुपर्ने फोरमको माग छ। स्वास्थ्य मन्त्रालय फोरमलाई दिने सहमति भइसकेको छ।

फोरम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले केही प्राविधिक विषय मिल्न बाँकी रहेको भन्दै सरकारमा जाने विषयमा खासै ठूलो समस्या नरहेको बताए।

‘सरकार पक्षबाट पहल नभएर मात्र केही ढिलाइ भएको छ, प्राय: सबै विषयमा सहमतिको नजिक छौं। अब एक बसाइमा सबै विषय समाधान हुन्छ’, उनले भने।

फोरमका एक नेताले सरकारले मन्त्रालय फुटाउँदा छलफल नगरेर गल्ती भएको बताए पनि थप विषय मिलाउने आश्वासन दिएको बताए।

‘पहिल्यै तय भएको मन्त्रालय फुटाएपछि विषय बिग्रियो, त्यसले सरकारको विश्वसनियतामाथि समेत प्रश्न खडा गर्यो्’, उनले भने, ‘सरकारले हामी मिलाउँछौं भनेको छ। तर मिलाइनसकेकाले फोरम सरकारमा जान ढिलाइ भएको छ।’

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी