गाईकाण्डले उग्ररुप लियो,चरित्रहत्या भयो भन्दै उपसभामुख तामाङ अदालत जाँदै



प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ ।  तामाङले  ‘गाईको मासु खान पाउनुपर्ने  र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस  सडकमै  अाएकाे छ ।

नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विराेध जुलुस निकालेको थियो । यसो त यही विषयलाई लिएर सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा व्यापक टिप्पणी हुँदै आएका छन् ।

समाजिक सञ्जालमा विरोध र राजनीतिकरणा भइरहँदा  तामाङले मुख खोलेकी छिन् । आखिर तामाङले भनेकी के थिइन् ?

– सामाजिक सञ्जालमा कसले लेख्यो  र कुन आधारमा लेख्यो त्यो मलाई थाहा छैन । यो बिषयमा मैले धेरे बोलिरहेको छैन । म हेर्दैछु । अहिले धेरै जनाको बहस हेरिरहेकी छु । 
–यो राजनीति प्रतिशोतको आधारमा चलाइएको हल्ला हो भन्ने लाग्छ मलाई । नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर  गलत अफबाह फैलाइएको हो । 
–अर्को तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो ।  र, आत्तिएर म माथि यो प्रहार भएको हो । 
–मैले गाइ काटेर खान पाउनु पर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यसतो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु ।  त्यो पोष्टमा रहेर मैले के गर्नु पर्छ  ।  के बोल्नु पर्छ भन्ने मलाई राम्ररी थाहा छ । 
– नेपाल तामाङ घेदुङले भनेको कुरालाई मसँग जोडेर नियोजित तरिकाले फैलाउने अधिकार उनीहरुलाई कसले दियो थाहा छैन । यो बिषयमा म पनि अनविज्ञ नै छु ।
–यस बिषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । यो बिषयमा प्रधानमन्त्रीसँग सम्म पुग्ने उनीहरुको तयारी हो । यो राष्ट्रिय मिडियामा पहिले देखिनै आएको बिषय हो । 
–मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोपमा मानिसलाई फसाउने काम गरिएको छ । त्यसको बिरुद्धमा आवाज बुलन्द गर्न गएको नेपाल तामाङ घेदुङले् जो बिषय राखेको छ ।  त्यसलाई मैले भनेको भनेर चरित्र हत्या गर्ने प्रयास गरिएको छ । यो मलाई मात्र होइन । संघियता, धर्मनिपरेक्षता लगायत सबैमा गरिएको प्रहार हो । यसले कांग्रेसको बास्तबिक चरित्र र केही कम्युनिष्ट भन्नेको पनि चरित्र देखिएको छ ।
–एउटा कुरा यो कसले गलत ढंगले बाहिर ल्यायो मलाई पनि थाहा छैन । नेपाल तामाङ घेदुङले सामान्य भेटघाटको कुरा गर्यो । तामाङ घेदुङको डेलिकेसन टिमले यो बिषय राख्यो ।  त्यसपछि मेरो नुवाकोटको पनि छुट्टै डेलिकेसन टिम थियो । त्यसपछि घेदुङ टिम हिँड्यो, नुवाकोटको टिम बस्यो ।  त्यो समयमा मैले बोल्न पनि पाइनँ । त्यहा कुनै पत्रकार पनि थिएनन् । 
–भोलिपल्ट पो कुरो गुुटुङटुङ आयो । के आयो भनेर हेर्दा जे मन लाग्यो त्यही लेखेर पठाइएको रहेछ ।  मेरो विरोध गर्ने केही पात्रहरु मैले चिनेको छु । मेरो विनाआधार चरित्र हत्यागर्ने तिनीहरुको बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी