उदयपुरको हँडियामा आगलागी



हाम्रो इकोनोमि

चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । त्रियुगा र चौदण्डी नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेर नियन्त्रण गर्दैछ ।

अन्य क्षेत्रमा आगो लाग्न नदिन प्रहरी, दमकल र स्थानीयवासी व्यापक परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । निरौलाको घर पूर्ण जलेर नष्ट हुँदा रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...