निर्वाचन आयोगले भन्यो-कांग्रेस सबै भन्दा ठुलो पार्टी हो,प्रत्यक्षतर्फ एमालेको भन्दा कांग्रेसको मत ५ लाख बढी



हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ-प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ ।

सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो। निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ३५ दशमलव ७५ प्रतिशत मत ल्याएको हो। संसदमा पहिलो पार्टी बनेको एमालेको मत ३० दशमवल ६८ प्रतिशत मात्र छ। कांग्रेस ५ प्रतिशतले एमालेभन्दा अगाडि देखिएको छ। संसद्मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै पाएको छ।

कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८.६७ प्रतिशत मतदान भएको थियो। खसेको मतको प्रतिशत गणनाका बेला यकिन भएको मतपत्रका आधारमा निकालिएको हो। प्रत्यक्षतर्फ खसेको १ करोड ५ लाख ९४ हजार ४४ मतमध्ये कांग्रेसका उम्मेदवारले ल्याएको कुल मत ३५ लाख ९० हजार ७ सय ९३ छ। एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २ सय ७७ मत पाएको छ। ५ लाखभन्दा बढी मत अन्तरले कांग्रेस अगाडि देखिएको हो।

मत संख्यामा तेस्रो स्थानमा रहेको माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ। उसका उम्मेदवारले पाएको कुल मत १५ लाख १० हजार ७ सय ६० छ। प्रत्यक्षतर्फ माओवादीले पाएको मत प्रतिशत १५ हुन आउँछ।
प्रत्यक्षतर्फ कांग्रेसले बढी मत पाउनुको कारण उम्मेदवार संख्या एमालेको भन्दा बढी हुनु पनि हो। कांग्रेसले १ सय ५४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो भने माओवादीसँगको तालमेलका कारण एमालेको १ सय ३ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। माओवादीबाट ५९ उम्मेदवार थिए।

तर, देशैभरलाई एउटा निर्वाचन क्षेत्र मानेर समानुपातिकतर्फ प्रतिस्पर्धामा उत्रिएका दलहरुबीच पनि कांग्रेस थोरै मत अन्तरले दोस्रो भएको थियो। यसले पनि मतदाताबीच कांग्रेसको स्थान पूरै खस्किनसकेको देखाउँछ। समानुपातिकमा एमालेभन्दा कांग्रेस शून्य दशमलव ४७ प्रतिशतले मात्रै पछाडि छ। एमालेले समानुपातिकतर्फ कुल खसेको मतको ३३ दशमलव २५ प्रतिशत मत ल्याएको छ भने कांग्रेसले ३२ दशमवल ७८ प्रतिशत।

एमालेको मत संख्या ३१ लख ७३ हजार ४ सय ९४ छ भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको छ। एमालेभन्दा कांग्रेस ४५ हजार १ सय ५ मतले मात्रै पछाडि छ। स्थानीय तह निर्वाचनमा पनि दुई दलबीचको मतान्तर यस्तै थियो। स्थानीयमा पनि पहिलो पार्टी बनेको एमालेभन्दा कांग्रेस कुल मतमा ८२ हजार ३ सयले मात्रै पछाडि परेको थियो। एमालेले ३० लाख ६४ हजार ५ सय ४० मत ल्याउँदा कांग्रेसको मत २९ लाख ८२ हजार २ सय ४० थियो।

माओवादीले भने प्रत्यक्षमा पाएको लोकप्रिय मतको तुलनामा समानुपातिकमा पाएको मत संख्या कम देखिन्छ। उसले पाएको मत प्रतिशत १३ दशमलव ६६ थियो। समानुपातिकमा एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट र माओवादीले १७ सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...