खुमबहादुर खड्का यसै भन्न नसक्ने अवस्थामा,कसैले पनि भेट्न पाएनन्



हाम्रो इकोनोमि

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइ रहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
नेता खड्काको लिभरले काम गर्न नसकेको चिकित्सक र आफन्तहरूलाई उदृत गर्दै नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए । खड्काको स्वास्थ्य अवस्था बुझ्न जिल्ला सदस्य महर्जनसहितका युवा नेताहरू दुई दिन अगाडि नयाँदिल्ली पुगेका थिए ।

सदस्य महर्जनले भन, ‘उहाँ(खुमबहादुर खड्का)लाई कसैसँग भेट्न दिएको छैन । लिभरले काम गरेको छैन । छातीबाट पाइप लगाएर खाना खुवाइएको छ ।’

मृर्गौला प्रत्यारोपणपछि अस्वस्थ्य हुँदै आएका नेता खड्कालाई एक महिना अगाडि उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।

नेता खड्कालाई कांग्रेका नेता डा.शशांक कोइराला, देवन्द्रराज कँडेल, ललितपुर जिल्लाका सदस्य मीनकृष्ण महर्जन, तरुण दलका नेता महेश श्रेष्ठसहितका नेता र शुभेच्छुकहरू दिल्ली पुगेका छन् । कांग्रेसका नेता शंकर भण्डारी आइतबार नयाँ दिल्ली जान लागेको महर्जनले जानकारी दिए ।

यता, खड्काको स्वास्थ्यको कामना गर्दै भद्रकाली, दक्षिणकाली, काभ्रेपलाञ्चोकसहितका मन्दिरमा पूजाअर्चना गरिएको छ । नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...