ओलीले भारत भ्रमण अगावै पार्टी एकता गर्नुको खास कारण यस्तो फेला पर्यो,मान्लान् त प्रचण्ड



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भारत भ्रमण अगावै पार्टी एकता गर्ने योजना बनाएका छन् ।

भारत जानु अगावै ओलीले पार्टी एकताको विषय उठान गर्नुलाई आफू शक्तिशाली बन्ने दाउ भएको बताएका छन् । भारतको राजकीय भ्रमणमा जानुअघि दक्षिण एशियाकै सबैभन्दा बलियो शक्तिसाली कम्युनिस्ट पार्टीको नेता बन्ने ओलीको चाहना रहेको स्रोतहरु बताउँछन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको अवसर पारेर पार्टी एकता गर्ने सहमति भए पनि ओलीले भारत भ्रमणको कुरा उठ्न लाग्दा यस्तो चाहना देखाएका हुन् । यद्यपी पार्टी एकता मार्च २२ मा गर्ने निर्णय भएको थियो ।

देशभित्र शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले भारतीय नेताहरुसँग शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्षका हैयितमा प्रस्तुत हुन खोजेको एक माअ‍ोवादी नेताले बताए ।

‘ओलीजीले भारत भ्रमण गर्नु अगावै पार्टी एकता गर्नुलाई आफू शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्ष पनि हुँ है भनेर देखाउने चाहना देखाएकाे देखिन्छ’, माअ‍ोवादीका एक नेताले भने, ‘उहाँभित्र देशमा शक्तिशाली प्रधानमन्त्री भइसके पनि भारत जानु अगावै अर्को महत्वपूर्ण पद पाए हुन्थ्यो भन्ने छ, त्यसैले पार्टी एकता गर्न हतार गर्नु भयो ।’

ओलीको यहि चाहना बुझेरै पार्टी एकता सम्बन्धी सांगठानिक र राजनीतिक दस्तावेज तयार पार्न गठित कार्यदलले ढिलोमा तीन दिनभित्र आ आफ्नो प्रतिवेदन बुझाउँदैछन् ।

७ फागुनमा भएको सातबुँदे सहमतिले पार्टी एकता गर्ने आधार तय गरिसकेकाले प्रधानमन्त्रीको भारत भ्रमणअघि एकता हुनसक्ने एमालेका एक नेताले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै शक्तिशाली नेतामध्येका एक बनिरहेका छन् । नेपालमा पनि यो वर्ष सम्पन्न तीनै तहका निर्वाचनमा ओली नेतृत्वको एमालेले विजय हासिल गरेको छ ।

विदेश भ्रमणमा निस्कनुअघि पार्टी एकता गर्न चाहानुको अर्थ अब नेपालमा स्थायित्व भयो, विकास र सम्बृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग होस् ।

त्यसैले ओली पार्टी एकता गरेर विदेशीहरुमाझ बलियो नेताका रुपमा प्रस्तुत हुन चाहान्छन् ।

भारतमा मोदी र चीनमा शी जिनफिङ शक्तिशाली बनिरहेका बेला ओलीले दुवै देशको भ्रमणअघि शक्तिशाली कम्युनिस्ट पार्टी बनाउन चाहेको कुरा लुकाउन सकिन्न ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...