उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि कुटपिट, आक्रोशित सर्वसाधरणले दुहबीनगरपालिका दिनभर घेराउ



हाम्रो इकोनोमि

सुनसरीको दुहबीनगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन । उपमेयरलाई स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजकको समेत जिम्मेवारी हुन्छ ।तर, उपमेयर साहले दुहबीनगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई आफै कुटपिट गरिन् । घटना हिजोको हो । ५ नम्बर वडामा रहेको सरस्वती उच्चमाबि खेल मैदानको निर्माण सम्बन्धी अनुगमनको लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका परिसरमै कुटपिट भएको थियो ।
खेल मैदान निर्माण सकिएकोले अनुगमन गरी बजेट फर्छौट गरिदिने वडाअध्यक्षको माग थियो । यहाँबाट दुवै पक्षवीच बिवाद भयो । पछि उपमेयर साहले आफनो श्रीमान सुनिल साह बोलाइन् र वडाअध्यक्षलाई कुटिन् । वडा सदस्य तामाङले चाडो रकम निकाशाका लागि आग्रह गर्दा उपमेयर साहले कार्यकक्षबाट ‘गेट आउट’भन्दै बाहिर निकालेको बताए । अभद्र व्यवहार गदै श्रीमानलाई बोलाएर कुटपिट गरिएको तामाङको दाबी छ ।

निर्माण सम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए । आफुहरु कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ ।कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबीनगरपालिका दिनभर घेराउ गरेका थिए । कुटपिटपछि पीडितपक्ष र मेयरवीच छलफल भएपनि कुनै सहमति हुन सकेन् । शुरुमा घटना सामान्य विवादमात्र भएको मेयर बेद गछदारले बताएका थिए ।तर, कुटपिटकोभिडियो वाहिर आएपछि उनले  गरेको भिडियो नै सार्वजनिक भएपछि जनप्रतिनिधिले हातहाल्नु गल्ती भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...