‘चीफ साब’ र ‘एसपी साप’नै चोरीको गाडी हुँइकिने,गृहमन्त्री ज्यू यस्तालाई अब के पुरस्कार दिने?



‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ ? समाजमा शान्ति–शुरक्षा र अमन–चयन गराउने कसम खाएर राज्यको बर्दीमा सजिएका प्रहरीका एक एसपी नै चोरीको गाडीमा हिँड्ने गरेको तथ्य फेला परेको छ ।
महानगरीय अपराध महाशाखाले २०७३ पुस पहिलो साता तीनओटा गाडी नियन्त्रणमा लिएको थियो । भारतबाट चोरेर नेपालमा नक्कली ब्लूबुक र नक्कली नम्बर प्लेट बनाएर प्रयोगमा ल्याइएको गाडीहरु फरक–फरक ब्यक्तिहरुबाट बरामद गरिएका थिए ।
त्यतिवेला बरामद भएका गाडीहरुमध्ये चरिकोटका सुरेश थापाबाट नियन्त्रणमा लिइएको हुण्डाईको ‘आई–१० बा ८ च ९९३२’ नम्बरको गाडी अहिले अपराध महाशाखाकै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले चढिरहेका छन् ।
ठेक्कापट्टा व्यवसाय गर्दै आएका थापाले बा ८ च ९९३२ नम्बरको नक्कली ब्लुवुक बनाएर चलाएको खुलेपछि प्रहरीले उनलाई सरकारी छाप दस्तखत मुद्धा चलाएको थियो । उनी अहिले धरौटीमा छुटिसकेका छन् ।
नक्कली ब्लूबुक र नक्कली नम्बर प्लेट बनाएको खुलेपछि सरकारी छाप दस्तखत मुद्दा समेत चलिसकेको उक्त गाडीबारे रातोपाटीको जिज्ञासामा अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले उक्त गाडी कार्यालयको नाममा भएको दाबी गरे ।
‘तपाईँले चढ्दै आएको ‘बा ८ च ९९३२ नम्बरको आई १०’ गाडी ब्यक्तिगत हो की, अफिसको ?’ उनले भने, ‘यो गाडी मेरो ब्यक्तिगत हैन, अफिसको नाममा छ ।’
महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाको रेकर्ड अनुसार २०७३ कार्तिक देखि पुस सम्मको अवधिमा विभिन्न मितिमा पक्राउ गरेर सन्तोष कुँवर, सुरेश थापा, ईश्वरलाल श्रेष्ठ र शेख निजामुद्धिनलाई सरकारी छाप दस्तखत किर्तेमा मुद्धा चलाएको भेटिएको छ ।

शेख निजामुद्धिनले भारतबाट चोरेर ल्याएको गाडी सन्तोष, सुरेश र इश्वरलालले चढेको भेटिएपछि अपराध महाशाखाले उनीहरुलाई गाडी सहित नियन्त्रणमा लिएको थियो ।
दोलखा भिमेश्वर नगरपालिका–६ किरातीछाप स्थायी घर भएका सन्तोष कुँवरबाट बरामद गरिएको बा. १० च ९४२० नम्बरको फच्र्युनर र झलक बहादुर बस्नेतको साथबाट बरामद भएको बा. ९ च ५८९३ नम्बरको ‘हुण्डाई आई १०’ भने महाशाखाले राजस्वमा बुझाएको थियो ।
‘गाडी धनी नखुलेपछि त्यतिवेला दुईओटा गाडी मात्रै राजस्वमा बुझाइएको थियो’ अपराध महाशाखाका एक अधिकृतले भने, ‘एउटा गाडी बुझाइएको थिएन, अहिले त्यो गाडी एसपी सापले प्रयोग गर्दै आउनुभएको छ ।’
अपराध महाशाखाका प्रवक्ता समेत रहेका (एसपी) नरेन्द्र उप्रेतीले अहिले प्रयोग गरिरहेको ‘बा ८ च ९९३२’ नम्बरको हुण्डाई कम्पनीको गाडी यातायात ब्यवस्था कार्यालय बाग्मतीको रेकर्डमा ‘जोन्से ट्रेडर्स’ पोखराको नाममा दर्ता भएको देखिएको छ । जोन्से ट्रेडर्सका नाममा दर्ता भएको उक्त गाडी २०६९ साल असोज २३ गते गण्डकी अञ्चल यातायात कार्यालयमा अञ्चलीकरण भएको यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले जनाएको छ ।
प्रहरी नियमावली अनुसार नेपाल प्रहरीका एसएसपी र त्यसभन्दा माथिका अफिसरहरुले मात्रै गाडी सुविधा पाउँछन् । इन्चार्जहरुले शान्ति सुरक्षा बहाल गर्ने कामका लागि मात्रै आफ्नो जिल्ला वा क्षेत्रभरी मात्रै सरकारी गाडी चढ्न पाउने प्रावधान रहेको प्रहरी प्रधान कार्यालय कार्य विभागका (एआईजी) पंकज श्रेष्ठले जानकारी दिए । प्रहरी महानिरीक्षक प्रकाश आर्यालले पनि ट्राफिक प्रमुख हुदा चोरीको गाडी कब्जा गरेर अहिले सम्म प्रयोग गर्दै आएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी