देउवालाई किक हान्ने निधीको यस्तो कसरत,देउवालाई सिध्याउन कस्ले बोक्दैछ गिरिजापथ



शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व हत्याउन जहाँबाट सुरुवात गरेका थिए, त्यहीँबाट उनको पतनको सुरुवात भएको छ ।
देउवाले भातृसंगठनबाट जित्न सुरु गरेका थिए । अहिले तिनै संगठनले देउवाको साथ छाड्न सुरु गरेका छन् ।

नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी संघमा देउवा समूहले नराम्रोसँग पकड गुमाएको छ । देउवा समूहका अधिकांश उम्मेदवार पराजित भएका छन् ।

शिक्षक संघको अध्यक्षमा सुरेन्द्रराज पौडेल र निजामती कर्मचारी संघको अध्यक्षमा गोपाल पोखरेल विजयी भएका छन् । अध्यक्षमा विजयी भएका पौडेल र पोखरेल देउवा समूहका होइनन् ।

स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले देउवा र उनकी पत्नी आरजु राणा देउवाका कारण पराजय भोग्नु परेको भन्दै शुभेच्छुकहरुले देउवा समूहलाई भोट दिएनन् ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा जितेर संसदीय दलको नेता वा मुख्य सचेतक पद खाने भनेर तयारी गरेकी आरजु पराजित भएपछि रनाह परेकी हुन् ।

आरजुलाई हराउन स्वयं शेरबहादुरका भक्त विमलेन्द्र निधि नै सक्रिय भएका थिए । निधि पहिला आरजुलाई कैलालीबाट जिताउन भनेर सक्रिय भएका थिए । तर, आरजुले निधि र डा.शेखर कोइरालालाई हराउन आफ्ना खास व्यक्तिलाई प्रयोग गरेकी थिइन् । आजकाल निधि नै आरजुको विपक्षमा छन् । देउवासँगको पुरानो सम्बन्धका कारण निधिले गुट छाड्न सकेका छैनन् ।

तर, निधिले मौका मिल्ने वित्तिकै देउवा समूह छाड्ने तयारी गरेको स्रोतको भनाई छ । आरजुले निधि र डा.कोइरालालाई हराउन तिनै व्यक्ति मार्फत पाँच÷पाँच करोड दिएर पठाएको निधिको क्याम्पमा अहिले पनि चर्चा हुने गरेको छ । त्यस बेलाका प्रधानमन्त्री देउवाको पावर लगाएर आरजुले आफ्नै समूहका निधिलाई हराएकी हुन् ।

नत्र धनुषामा निधिले राजेन्द्र महतोलाई हराउने पक्का थियो । मोरङमा डा.कोइरालाको जित पनि पक्का थियो । मोरङमा डा.कोइरालाले ६ सय ७८ मतले एमालेका लालबाबु पण्डितसँग पराजय भोग्नु परेको थियो । त्यही प्रदेशमा चुमनारायण सरदार र केदार कार्की विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी