देउवाको एक्का हुँ भन्ने सशस्त्रका खनाललाई ओलीले तातो पानी खन्याउने,पुलिसका खनाललाई चिफ बनाउने



नेपाल प्रहरी र सशस्त्र दुबैतिर आइजीपी छनौट हुने महिना यही नै हो । कस–कसको लागि नयाँ वर्ष आइजीपीको पदन्नोतिसहितको खुशी लिएर आउने हो, अहिले अनुमानको कुरा छ ।

यद्यपि दुई तिहाईको सर्वशक्तिमान सरकार चलाउने प्रधानमन्त्री केपी ओलीले ठाडै छानने यो प्रतिस्पर्धा राजनीतिक परिबृत्तमै रोचक र घोचकसमेत मानिएको छ ।

नेपाल प्रहरीमा छ आइजीपी प्रकाश अर्याल र उनका समकालीन १५ एआइजीसमेत चैत २८ मा अवकाशमा जानेछन्, सबैले प्रहरी कितावखानाको अवकाशपत्रसमेत बुझिसकेका छन् ।

२६औं आइजीपी को होला त ?
अहिले चर्चा छ, सर्वेन्द्र खनाल र रमेश खरेलको । यी दुबै अनुहार राम्रो काम गर्ने प्रहरी अधिकारीमा गनिएका छन् । बरियतामा पहिलो र दोश्रो नम्बरमा परे पनि दुबै २०४६ साल माघ २९ का ब्याजे हुन् र दुबैप्रति आमसाधारणको समेत विश्वास छ । त्यस्तो पुष्कर कार्की र उत्तम कार्की लगायत १२ डिआईजी नेपाल प्रहरीको नेतृत्व हत्याउन कस्सिएका छन् ।

सर्वेन्द्र खनाल भारतीय सुटर बब्लु देवेलाई पक्राउ गर्नेदेखि कुमार घैंटेको इन्काउण्टरलगायतका दर्जनौं अपराधका अनुसनधानकर्तासमेत हुन् भने भ्रष्टाचार र अपराधविरुद्धका प्रवक्ताजस्तो बोल्ने र काम पनि त्यही अनुसार गर्ने रमेश खरेल, यिनी पनि होनहार प्रहरी हुन् । यी दुबै जुन जुन जिल्ला खटिए, त्यस त्यस जिल्लामा अपराध रोकेको जस पनि यिनमा छ ।

सशस्त्रमा को होला आइजीपी ?
सनत बस्नेत, कोषराज वन्तहरु भ्रष्टाचारमा डामिएर निस्कनु परेको सशस्त्र प्रहरीका वर्तमान आइजीपी सिंहबहादुर श्रेष्ठ नक्कली बिल, बिल नष्ट गर्ने आगलागी, ठेकेदारस“ग मिलोमतोमा फसे पनि चोखै अवकाश पाउन सफल आइजीपी हुने भएका छन् । चैत २८ मा अवकाश पाउने पत्र बुझेका श्रेष्ठपछि को बन्ला सशस्त्रको आइजीपी ?

प्रतिस्पर्धामा छन् शैलेन्द्र खनाल, पुष्पराम केसी, नारायणबाबु थापा । आफूलाई शेरबहादुर देउवाको एक्का हु“ भनेजस्तो फुर्ति लगाउने गरेकाले शैलेन्द्र खनाल घाटामा पर्ने हुन् कि भन्ने खतरा देख्नेहरु सशस्त्रभित्रै छन् । देउवा प्रधानमन्त्री बनेका बेलामा वर्दी लगाएरै दलबलसहित बुढानिलकण्ठ पुगेका केसीको चंखपनले उनलाई घाटा हुने चेस्टा देखिएको छ ।

उनको सबैभन्दा ठूलो बल भनेको कांग्रेसी होस्टे र भारतीय दूतावासको हैंसेमात्र रहेको र ओली प्रधानमन्त्री भएपछि उनले नराम्रो सपना देख्न थालेको चर्चाले सर्वेन्द्र खनालको बारेमा सशस्त्र भित्र केही अधिकृतहरु अब तेरा क्या होगा कालिया भन्न थालेको सुनियो । एकमात्र एआइजीको रेकर्ड खराव भएकाले डिआइजीबाट आइजीपी बनाउने सम्भाबना देखिदैछ ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी