सात जना प्रहरीलाई भाला हानेर मारेका रेशमलाई ओली सरकारले जेलमै कोच्ने,ओली र प्रचण्डले गरे यस्तो सहमति



हाम्रो इकोनोमि

सरकारले सांसद रेशम चौधरी लाई रिहा नगर्ने भएको छ । प्रहरीको सबै अनुसन्धानबाट उनी टीकापुर घटनाका मुख्य योजनाकार रहेको प्रमाणित भएको निस्कर्षसहित उनलाई रिहा गर्दा गलत सन्देश जाने भन्दै सरकारले रिहा नगर्ने निष्कर्ष निकालेको छ । अदालतमा प्रहरीले दायर गरेको मुद्दाको फैसला कुर्ने र त्यो भन्दा अगाडि उनलाई रिहा गर्ने विषयमा कुनै राजनीतिक निर्णय नगर्ने सत्ता गठबन्धन दलबीच सहमति भएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ । छलफलमा उनलाई जेल बसाई, उपचार प्रक्रिया सहज बनाउने तर रिहान नगर्नेमा सहमति भएको उच्च स्रोतले जानकारी दिएको छ ।

राजपाले रमेश चौधरीलाई रिहा गरे मात्रै सरकारमा जाने अडान लिएको छ । सांसदको सपथग्रहण भने जेलभित्रै रहेको अवस्थामा गराउन सकिनेमा सरकार सकारात्मक छ । चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका छन् ।

गृहमन्त्री थापाले जुस खुवाएर चौधरीलाई अस्पतालमा अनसन भने तोडाइसकेका छन् । प्रहरीले सम्पूर्ण अनुसन्धानपछि कारवाहीको माग दाबी गरेर फाइल अदालतमा पेश गरिसकेको छ । आईजीपीसहित प्रहरीका उच्च अधिकारीले पनि सांसद चौधरीलाई रिहा नगर्न प्रधानन्त्रीलाई आग्रह गरेका छन् ।

चौधरी अपराधी भएको प्रहरी उच्चअधिकारीको दावी
मंगलबार मात्रै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले रेशम चौधरीको नेतृत्वमा टिकापुरमा नरसंहार भएको र उनी अपराधी भएको बताएका छन् । चौधरीलगायत घटनामा संलग्नहरूलाई हदैसम्मको सजाय हुनपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङको हाताभित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उदघाटनका लागि बझाङ पुगेका प्रहरी महानिरिक्षक नेपालले त्यसो बताएका हुन् । भवन उदघाटन कार्यक्रमपछि भएको पत्रकार भेटघाट कार्यक्रममा नेपालले अपराधीलाई अदालतले सजाय दिने बताएका थिए । उनले राजनीतिक निर्णयबाट रिहा गरियो भने चै प्रहरीको क्षेत्र बाहिरको विषय हुने बताए । कैलालीको टिकापुरमा भएको घटनामा एसएसपीसहित ७ जना प्रहरी र एक नाबालकको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...