ओली प्रधानमन्त्री भएपछि २ खर्ब ४९ अर्बले घट्यो सेयर बजार,सेयर उकालो लगाउने ओलीको बोलीले यसरी खायो हार



साताको चौथो कारोबार दिन पनि सेयर बजार घट्ने क्रम रोकिएन। तीन दिनमा ३० अंकले घटेको नेप्से परिसूचक बुधबार मात्र २५ अंकले ओरालो लागेको छ।प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएका दिन नेप्से परिसूचक १४२४.९५ अंक र बजार पुँजीकरण १६ खर्ब ६६ अर्ब रुपैयाँ थियो।

बुधबारको गिरावटपछि बजार पुँजीकरण १४ खर्ब १७ अर्ब रुपैयाँमा पुगेको छ। ओली निर्वाचित भएको एक महिनामै नेप्से परिसूचक करिब १९६ अंकले ओरालो लाग्दा बजार पुँजीकरण २ खर्ब ४९ अर्ब रुपैयाँले घटेको छ।

साताको चौथो कारोबार दिन दोहोरो अंकको गिरावट पछि नेप्से परिसूचक १२३१.०७ अंकमा पुग्यो।
लगानीकर्ता, स्टक ब्रोकर, मर्चेण्ट बैंकर र सेयर बजारका जानकार तरलता अभावले नै नेप्से परिसूचक घटेको बताउँछन्। लगातार सेयर मूल्यमा आएको गिरावटले बैंकले कर्जा चुक्ता गर्न वा सेयर संख्या थप गर्न दबाब दिएकाले पनि बजार घटेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन्। बैंकले नयाँ ऋण नदिने तर निरन्तर ‘मार्जिन कल’ गर्ने भएकाले पनि लगानीकर्तालाई पेनिक बनाएको उनले बताए।

आजको दिनमा सेयर बजारले भन्दा पनि बैंकको फिक्स डिपोजिटले नै राम्रो रिटर्न दिएकाले पनि लगानीकर्ताहरु सेयर प्रति आकर्षित नभएको एक मर्चेण्ट बैंकरको तर्क छ।

उनले भने, ‘बैंकहरु एक डेढ वर्ष देखि मुद्दतीमा ११/१२ प्रतिशत ब्याज दिईरहेका छन्, यस्तो अवस्थामा बैंकको ब्याज कहिले घट्छ भन्ने कुनै निश्चित छैन।’

‘बजारमा अहिले भएका लगानीकर्ता सँग थप लगानी गर्ने पैसा छैन। अठार सय अंकको आसपासमा सेयर किन्नेहरु अहिले सेयर बेचेरै निस्कन सक्ने अवस्थामा पनि छैनन्, दिन दिनै घट्ने बजारले उनीहरुको मनोबल कमजोर भएको उनि बताउँछन्।’‘मुद्दती खाताले सेयर बजार भन्दा राम्रो रिटर्न दिने अवस्था भएकाले पनि पैसा हुनेहरु पनि अहिले बजारमा छिर्ने अवस्था छैनन्, बजारमा नयाँ लगानीकर्ता नआउँदा सम्म बजार बढ्न नसक्ने उनले ठोकुवा गरे।

उनी भन्छन्, ‘बजार गत वर्षनै घट्नु पर्दथ्यो तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा लिएको गतल नीतिका धेरै साना लगानीकर्ताहरु पिडित बनेका छन्।’
सरकारले कम ब्याजदरमा विदेशबाट पुँजी भित्र्याउन सक्यो भने ब्याजदर केहि घट्ला नत्र भने अझै १ वर्ष बैंकको ब्याजदर १० प्रतिशत भन्दा तल आउन नसक्ने उनको तर्क छ।

मर्चेण्ट बैंकरको तर्कमा सहमति जनाउँदै ब्याजदर ओरालो नलाग्दा सम्म बजार बढ्ने सम्भावना नभएको ब्रोकरहरु बताउँछन्।
एक ब्रोकरले भने, ‘बिगतमा बजार उकालो लाग्न थाल्दा सेयर किन्नेको प्रेसर हुन्थ्यो तर आजभोली बजार थोरै माथि जान थालेको जस्तो देखियो भने पनि सेयर बेच्न खोज्ने धेरै हुन्छन्।’

घटेको बजारमा १ सय ५१ कम्पनीको ३७ करोड ८३ लाल्ह रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

बुधबार पनि धेरै रकमको कारोबार गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बन्यो। नेपाल लाइफको ३ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो।
‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ५.४९ अंकले ओरालो लाग्दा उत्पादनमुलक बाहेकका उपसूचकहरु पनि ओरालो लागेका छन्।

उत्पादनमुलक उपसूचक २.७१ प्रतिशतले उकालो लाग्दा माइक्रोफाइनान्स ३.४ प्रतिशतले ओरालो लागेको हो।
सेयर बजारका जानकार अनलराज भट्टाराई बिमा, हाइड्रोपावर र माइक्रोफाइनान्स ओभर प्राइज भए पनि अन्य उपसूचकहरु घट्नु पर्ने कारण नभएको बताउँछन्।
बुधबार हाइड्रोपावर १.५२ प्रतिशत र बिमा ३.१२ प्रतिशतले ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी