एसियाली कुराँस संघको बिशेष साधारण सभामा भाग लिन ३ सदस्यीय कुराँस टोली भारत प्रस्थान



हाम्रो इकोनोमि

भारतमा हुने एसियाली कुराँस महासंघको बिशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको एक टोली आज भारत प्रस्थान गरेको छ ।भारतको पुनेमा हुने बिशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघका तदर्थ समिति संयोजक धुर्बराज न्यौपानेको नेतृत्वमा ३ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा न्यौपानेका सहित अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुरास संघका अध्यक्ष जय गुरुङ रहेका छन् । एसियाली कुरास संघको निमन्त्रणामा बिशेष साधारण सभामा भाग लिन नेपाली टोलि त्यसतर्फ प्रस्थान गरेको खरेलले जानकारी दिएकी छिन् ।

२३ मार्चका दिन पुनेमा उक्त बिशेष साधारण सभा हुन गइरहेको छ । सो अवसरमा नेपाली टोलीले एसियाली कुराँस संघका अध्यक्ष र महासचिवसंग बिशेष छलफल गर्ने कार्यक्रम रहेको संयोजक न्यौपानेले बताए ।केहि समय अघि मात्रै पुनर्गठन भएको नेपाल कुराँस संघलाई राष्ट्रिय खेलकुद परिषदले ३ महिना भित्र निर्वाचन गर्न समय प्रदान गरेको थियो । एसियाली कुराँस संघका पदाधिकारीसंग नेपाली टोलीले यी लगायत नेपालमा कुरास खेलको विकास र प्रवर्धनका बारेमा समेत बिशेष छलफल गर्ने बताइएको छ । भारत प्रस्थान गर्नुपूर्व संघका तदर्थ समितिका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा पुगेर न्यौपाने नेतृत्वको ३ सदस्यीय टोलीलाई बिदाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...