एसियाली कुराँस संघको बिशेष साधारण सभामा भाग लिन ३ सदस्यीय कुराँस टोली भारत प्रस्थान



हाम्रो इकोनोमि

भारतमा हुने एसियाली कुराँस महासंघको बिशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको एक टोली आज भारत प्रस्थान गरेको छ ।भारतको पुनेमा हुने बिशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघका तदर्थ समिति संयोजक धुर्बराज न्यौपानेको नेतृत्वमा ३ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा न्यौपानेका सहित अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुरास संघका अध्यक्ष जय गुरुङ रहेका छन् । एसियाली कुरास संघको निमन्त्रणामा बिशेष साधारण सभामा भाग लिन नेपाली टोलि त्यसतर्फ प्रस्थान गरेको खरेलले जानकारी दिएकी छिन् ।

२३ मार्चका दिन पुनेमा उक्त बिशेष साधारण सभा हुन गइरहेको छ । सो अवसरमा नेपाली टोलीले एसियाली कुराँस संघका अध्यक्ष र महासचिवसंग बिशेष छलफल गर्ने कार्यक्रम रहेको संयोजक न्यौपानेले बताए ।केहि समय अघि मात्रै पुनर्गठन भएको नेपाल कुराँस संघलाई राष्ट्रिय खेलकुद परिषदले ३ महिना भित्र निर्वाचन गर्न समय प्रदान गरेको थियो । एसियाली कुराँस संघका पदाधिकारीसंग नेपाली टोलीले यी लगायत नेपालमा कुरास खेलको विकास र प्रवर्धनका बारेमा समेत बिशेष छलफल गर्ने बताइएको छ । भारत प्रस्थान गर्नुपूर्व संघका तदर्थ समितिका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा पुगेर न्यौपाने नेतृत्वको ३ सदस्यीय टोलीलाई बिदाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...