१५ वर्षे किशोरीमाथि सामूहिक बलात्कार



हाम्रो इकोनोमि

 

 

१७ फागुन साँझ १५ वर्षीय किशोरी कीर्तिपुरस्थित घरबाट निस्किइन् । बौद्धिक अपाङ्ग उनी त्यहाँबाट बल्खु जानलाई बा २ ख ४५९५ नम्बरको गाडीमा चढिन् र पछाडिको सिटमा बसिन् ।

गाडीमा रहेका सबै यात्रु ओर्लिए तर, उनी झरिनन् । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सायद उनी निदाएकी थिइन् । जब गाडी ललितपुरको हरिसिद्धीमा पुग्यो, तब गाडीका चालकले पछाडिको सिटमा युवती भएको चाल पाए ।

उनीहरुले किशोरीलाई घर पुर्‍याउन मद्दत गर्नुको साटो गिद्देनजर लगाए । चालक र सहचालकले सामूहिक बलात्कार गरे ।

भोलिपल्ट पनि उनीहरुले किशोरीलाई छाडेनन् । उनलाई बसुन्धरास्थित ग्यारेजमा पुर्‍याएर पुनः बलात्कार गरे । १५ वर्षीया किशोरी, त्यसमाथि बौद्धिक अपाङ्गता भएका उनीको केही लागेन ।

साँझ ड्राइभरले किशोरीलाई गोदावरीस्थित कोठामा लगे । ‘त्यहाँ ६ दिनसम्म बन्धक बनाएर राखेर बलात्कार गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘उसलाई कोठाबाट जान दिइएन । दिसा पिसाब पनि कोठाभित्रै बोटलमा गराएको देखिन्छ ।’ त्यो बोटल पनि प्रहरीले बरामद गरेको छ ।

२४ गते युवती त्यहाँबाट भागिन् । उनी आफ्नो घर पुग्न नपाउँदै भोलिपल्ट सह-चालकको फन्दामा परे । उनले पुनः चालकको कोठामा लगे र पटकपटक बलात्कार गरे ।

किशोरी हराएको दिन पनि उनी कोहीबाट बलात्कृत भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीसँग काउन्सिलिङ गरेर सोधपुछ गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

अर्का समूहलाई जिम्मा लगायो

यो समूहले २७ फागुनमा युवतीलाई अर्को समूहको जिम्मा लगायो, त्यहाँ पनि किशोरी बलात्कृत भइन् ।

बा ४ ख ३८५१ नम्बरको गाडीको चालकले दिनभर किशोरीलाई गाडीमा हालेर घुमाउँछ । तर, किशोरीलाई निस्किन दिँदैन । चालक र सहचालकले साँझ स्वयम्भूस्थित एक ग्यारेजमा लगेर सामुहिक बलात्कार गरे ।

उनीहरुले किशोरीलाई गर्भ निरोधक औषधी खुवाउँछन् र अढाइ सय हातमा राखेर छाडिदिन्छन् । यो समूहले युवतीलाई स्वयम्भूमा छाडेको छाड्छ र उनी २९ गते घर पुग्छिन् ।

पक्राउ परे चालक सहचालक

किशोरी हराएकै दिन १७ फागुनमा परिवारका सदस्यले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । तर, बलात्कृत भएर घरमा  आएपछि अभिभावकले ३० फागुनमा अर्को जाहेरी दिए ।

सुरुमा प्रहरीले बा २ ख ४५९५ को चालक भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गर्‍यो । सोही दिन भोला र चन्द्र कंलकीमा गाडी चलाइरहेकै बेला पक्राउ परेका हुन् ।

अर्का गाडीका चालक गड्तौला गौशालामा पक्राउ परे । सहचालक सन्तोष घिमिरे भागिसकेका रहेछन् ।

उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरिएको छ । घटनामा संलग्न एक जना फरार छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...