काम चोर कर्मचारीले जब गृहमन्त्रीलाई झुट बोले,मन्त्रीले नै यसरी त्यस्ता कर्मचारीको नाम पोले



हाम्रो इकोनोमि

गृहमन्त्री थापा सोमबार दिउँसो चार बजे त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा पुगेका थिए । उनी पुग्दा अध्ययागमनका कमचारीहरु कार्यकक्षमा भेटिएनन् ।

कर्मचारीको खाजा खाने समय दिउँसो एक बजेदेखि दुईबजेसम्म भए पनि चार बजे मन्त्री कार्यकक्षमा पुग्दा कर्मचारी नभेटिएका हुन् ।उनले त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

सर्वसाधारणको धेरै गुनासो पर्नेमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छड्के निरीक्षण गरेका हुन् । छड्के निरीक्षणका क्रममा अध्यागमन डेस्कमा अधिकांश कर्मचारी अनुपस्थित थिए।

उनले अध्यागमन कर्मचारीहरुको बारेमा धेरै गुनासो आउने गरेको बताउँदै सुधार गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री थापाले विमानस्थलको सुरक्षा अवस्थाको बारेमा पनि सुरक्षा अधिकारीसँग जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...