प्रधानमन्त्री ज्यू,मुख्य सचिबको सुरक्षामा खटिएका प्रहरीले उनकी श्रीमतीको पेटिकोट धुनु कुशासन हो की होइन?



हाम्रो इकोनोमि

मुख्यसचिव लोकदर्शन रेग्मीलाई राज्यले १४ सशस्त्र सुरक्षाकर्मी किन दिइरहेको छ ?
मुख्यमन्त्रीले समेत नपाउने सुरक्षा घेरामा मुख्य सचिव बस्नुपर्ने र राज्यले उनलाई यति ठूलो सुरक्षामा राख्नुपर्ने कारण चाहिं प्रधानमन्त्रीले समेत सुने, तर केही सोधेनन् ? किन होला ?

यतिबेला मुख्यसचिवको घरमा सिपाहीको ताँती लागेको छ र ती सिपाहीलाई घरको कामधन्दासमेत लगाउने र लुगा धुनसमेत लगाएका खबर सुराकीले पत्ता लगाएको छ । श्रोतका अनुसार रेग्मीको सुरक्षाका लागी खटिएका तल्लो दर्जाका प्रहरीले उनकी श्रीमतीको पेटिकोट समेत धोईदिनु पर्छ। रेग्मी अहिले पनि राज्यको पैसामा पांच तारे होटलको खाना र खाजा खान्छन।

र, प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शनसँग सिधै कुरा गर्न छाडेकाले उनले ओलीका सालामार्फत आफ्नो लिंक स्थापित गर्न प्रयास गरेका छन् र अब सम्बन्ध सामान्य हुने विश्वास गरेका छन् ।

तर प्रधानमन्त्री आफू अन्तर्गत शक्तिशाली मन्त्री नियुक्त गरेर मुख्यसचिवलाई पेण्डुलम बनाउने तथा अर्कै सचिवमार्फत काम गर्ने गराउन विचार गरिरहेको एक ओली सूत्रले बताएका छन् ।

प्रधानमन्त्री सशस्त्र, नेपाल प्रहरीका आइजीपी र मुख्यसचिवबारे किचेन क्याविनेटमा छलफल गर्न थालेको खबरले तरङ्ग उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...