प्रधानमन्त्री ज्यू,मुख्य सचिबको सुरक्षामा खटिएका प्रहरीले उनकी श्रीमतीको पेटिकोट धुनु कुशासन हो की होइन?



हाम्रो इकोनोमि

मुख्यसचिव लोकदर्शन रेग्मीलाई राज्यले १४ सशस्त्र सुरक्षाकर्मी किन दिइरहेको छ ?
मुख्यमन्त्रीले समेत नपाउने सुरक्षा घेरामा मुख्य सचिव बस्नुपर्ने र राज्यले उनलाई यति ठूलो सुरक्षामा राख्नुपर्ने कारण चाहिं प्रधानमन्त्रीले समेत सुने, तर केही सोधेनन् ? किन होला ?

यतिबेला मुख्यसचिवको घरमा सिपाहीको ताँती लागेको छ र ती सिपाहीलाई घरको कामधन्दासमेत लगाउने र लुगा धुनसमेत लगाएका खबर सुराकीले पत्ता लगाएको छ । श्रोतका अनुसार रेग्मीको सुरक्षाका लागी खटिएका तल्लो दर्जाका प्रहरीले उनकी श्रीमतीको पेटिकोट समेत धोईदिनु पर्छ। रेग्मी अहिले पनि राज्यको पैसामा पांच तारे होटलको खाना र खाजा खान्छन।

र, प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शनसँग सिधै कुरा गर्न छाडेकाले उनले ओलीका सालामार्फत आफ्नो लिंक स्थापित गर्न प्रयास गरेका छन् र अब सम्बन्ध सामान्य हुने विश्वास गरेका छन् ।

तर प्रधानमन्त्री आफू अन्तर्गत शक्तिशाली मन्त्री नियुक्त गरेर मुख्यसचिवलाई पेण्डुलम बनाउने तथा अर्कै सचिवमार्फत काम गर्ने गराउन विचार गरिरहेको एक ओली सूत्रले बताएका छन् ।

प्रधानमन्त्री सशस्त्र, नेपाल प्रहरीका आइजीपी र मुख्यसचिवबारे किचेन क्याविनेटमा छलफल गर्न थालेको खबरले तरङ्ग उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...