योगेशलाई मन्त्री नबनाएको भन्दै सामाजिक संजालमा ओलीलाई सरापे पछी केपीले दिए योगेशलाई यस्तो ‘थ्रेट



हाम्रो इकोनोमि

एमाले सचिव योगेश भट्टराईलाई मन्त्री बनाउनको लागि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब आएको थियो । त्यति मात्र नभएर एमालेको स्थायी समितीमा रहेका नेता मध्ये योगेश मात्र मन्त्री नबनेकाले उनी ओली सरकारको मन्त्री हुनेमा सिंगो लोकले नै बिश्वाश गरेको पनि थियो। हुन त ओलीले सरकार बन्नु पहिल्यै ताप्लेजुंगमै मन्त्री बनाईसकेका थिए,जसलाई अनुमोदन गर्न मात्र बाकी भएको बुझेकाले योगेश पक्का मन्त्री बन्ने भेउ काटेका थिए,तर त्यसको ठिक बिपरित भयो।
दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदा योगेशको पनि नाम पर्ने हल्ला थियो । तर, ओलीले उनलाई मन्त्री बनाएनन् । बरु, उनलाई कारबाहीजस्तो गरि बेवास्ता गरिदिए ।

योगेशलाई ओलीले किन मन्त्री बनाएनन् ? भन्नेबारे अहिले चौतर्फी चर्चा भैरहेको छ । सामाजिक सञ्जालमार्फत ओलीलाई योगेशको बारेमा दबाब आएपछि प्रधानमन्त्री ओली यतिवेला रुष्ट बनेका छन् । स्रोतका अनुसार ओलीले आफूलाई सोसल मिडियामार्फत अनावश्यक दबाब नदिनको लागि योगेशलाई थ्रेट नै दिएका छन् । तर योगेश आफैले भने मन्त्री नबनाएको भनेर तितो पोखेका भने छैनन्। तर ओलीले ताप्लेजुंगमा बोलेको भिडियो सहित उनको खिल्ली उडाउने क्रमले तिब्रता पाएको छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...