सेनाको विमान दुर्घटनामा पर्यो,पाइलटलाई विमानबाट निकालेर अस्पताल लगियो



हाम्रो इकोनोमि

भारतीय वायुसेनाको विमान भारतको उडिसा राज्यको मयुरभंजनजिकै दुर्घटना भएको छ । विमान किन दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन । विमान नियमित उडानमा भएको बताइएको छ ।

भारतीइ वायुसेनाले दिएको जानकारी अनुसार पाइलटलाई विमानबाट निकालिएको छ । उनलाई उपचारको लागि झारखण्डको हेडक्वार्टर अस्पतालमा पठाइएको छ । दुर्घटना आज दिउँसो १ बजे भएको बताइएको छ । वायुसेवाको हक लडाकू विमान कलाइकुण्डबाट नियमित उडानमा थियो । पाइलटले उडानको तालिम लिइरहेको बताइएको छ । घटनाको जाँचको लागि कर्नल दर्जाका अफिसरको नेतृत्वमा कमिटी गठन गरिएको छ ।

उता ब‌ंगलादेशमा आज विमान बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगिएको छ।

विमानको इन्जिनमा खराबी देखिएपछि हजरत शहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान आकस्मिक अवतरण गरिएको थियो।

सेडपुर विमानस्थलका लागि उडेको विमान १६ मिनेटमै हजरत विमानस्थलमै अवतरण गरिएको हो। विमानमा सवार सबै सुरक्षित रहेको जनाएको छ।

गत सोमबार बंगलादेशको युएस बंगला विमान काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त भएको थियो।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...