सेनाको विमान दुर्घटनामा पर्यो,पाइलटलाई विमानबाट निकालेर अस्पताल लगियो



हाम्रो इकोनोमि

भारतीय वायुसेनाको विमान भारतको उडिसा राज्यको मयुरभंजनजिकै दुर्घटना भएको छ । विमान किन दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन । विमान नियमित उडानमा भएको बताइएको छ ।

भारतीइ वायुसेनाले दिएको जानकारी अनुसार पाइलटलाई विमानबाट निकालिएको छ । उनलाई उपचारको लागि झारखण्डको हेडक्वार्टर अस्पतालमा पठाइएको छ । दुर्घटना आज दिउँसो १ बजे भएको बताइएको छ । वायुसेवाको हक लडाकू विमान कलाइकुण्डबाट नियमित उडानमा थियो । पाइलटले उडानको तालिम लिइरहेको बताइएको छ । घटनाको जाँचको लागि कर्नल दर्जाका अफिसरको नेतृत्वमा कमिटी गठन गरिएको छ ।

उता ब‌ंगलादेशमा आज विमान बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगिएको छ।

विमानको इन्जिनमा खराबी देखिएपछि हजरत शहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान आकस्मिक अवतरण गरिएको थियो।

सेडपुर विमानस्थलका लागि उडेको विमान १६ मिनेटमै हजरत विमानस्थलमै अवतरण गरिएको हो। विमानमा सवार सबै सुरक्षित रहेको जनाएको छ।

गत सोमबार बंगलादेशको युएस बंगला विमान काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त भएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...