ओलीलाई चाकडी गर्दै लोदरे,देउवाका जासुसलाई मुख्यसचिब बाट किक हान्न ओलीले दिए यी दुई भाईलाई तालाचाबी



हाम्रो इकोनोमि

विवादास्पद छवि भएका मुख्य सचिव लोकदर्शन रेग्मी यतिखेर आफ्नो कुर्सी जोगाउन शक्ति केन्द्र धाउन थालेका छन् ।
आईजी प्रकरणमा कानुनको धज्जी उठाउँदै तत्कालिन प्रधानमन्त्री शेरबाहादुर देउवालाई खुशी बनाएकै भरमा मुख्य सचिव बन्न सफल भएका रेग्मीलाई बाम गठबन्धनको सरकार बने सँगै कुर्सी हल्लिएको छ । स्रोतका अनुसार एमाले नेता बिष्णु पौडेल, बामदेम गौतम, माओवादी केन्द्रका नेता बर्षामान पुनको शरणमा यतिखेर मुख्य सचिव रेग्मी पुगेका छन् ।

विवादास्पद ठेकदार दिपक भट्टमार्फत् मुख्यसचिव रेग्मीले बामदेवसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलाई दिन अनुयविनय गरेका थिए । प्रधानमन्त्री ओलीले सचिवालयका सचिव प्रेमकुमार राई र दिनेश थपलियालाई सम्पूर्ण अधिकार दिएपछि मुख्य सचिव रेग्मीको होस हवास उडेको हो ।

अहिले सबै काम प्रधानमन्त्री कार्यालयका सचिव राई र थपलियामार्फत हुँदै आएको छ । सरकारका सबै काम कारवाहीहरू नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र आरजुलाई पुराएपछि ओलीले मुख्य सचिव रेग्मीको गोप्य रूपमा अधिकार खोसेका हुन्।

दुई साता देखि अधिकार बिहिन बनेका रेग्मी अहिले राजदुत बनेर जाने इच्छा व्यक्त गर्न थालेको स्रोत बताउँछ । राजदुत बनाएर पठाएर आफू जाने ईन्छा भएको उनले प्रधानमन्त्री ओलीलाई खबर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...