सरूवाको लिष्ट बोक्दा आइजीपीलाई गृहमन्त्रीले हाने झापड,चार घण्टा सम्म मन्त्रालयमा किन थुनिए प्रकाश अर्याल?



विदा बस्ने तयारी गरेका प्रहरी महानीरिक्षक प्रकाश अर्यालले प्रहरीको सरूवा लिष्ट बोकेर गृहमन्त्रालय पुगेपछि गृहमन्त्री रामबहादुर थापाको हप्की खाएका छन् । गृहमन्त्रालयबाट शुक्रबार देखि विदा बस्ने भन्दै सरूवाको सूची लिएर पुगेका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई गृहमन्त्री थापाले शुक्रबार नै मन्त्रालय बोलाएर चार घण्टा सचिव र सहसचिवको कार्यकक्षमा थन्क्याएर आफू निस्किएका थिए ।

ठूलो संख्यामा प्रहरी अधिकृतहरू बढुवाको लाइनमा रहेको ५० भन्दा बढी प्रहरी अधिकृतहरू घर जाने लाइनमै रहेको बेला प्रहरी महानीरिक्षकले सरूवा सुची बोकेर मन्त्रालय पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकपटक पनि औपचारिक भेट गर्न नपाउदै सरूवा लिष्ट बोकेर गृहमन्त्रालय छिरेका मात्रै थिए गृहमन्त्री रामबहादुर थापा बादलले त्यसलाई ठाडै अस्वीकार गरिदिए । शुक्रबार दिउसो एक कार्यक्रममा गृहमन्त्रालय पुगेका प्रकाश अर्यालले सरूवा सूचि पनि बोकेर गएपछि गृहमन्त्री थापाले अहिले हतार छैन भन्दै फर्काइदिएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाश अर्याल लगायत १५ एआईजी र ६ जना डिआइजीहरू जागिर खाने दिन अब २२ दिन मात्रै रहेको छ । उनीमात्र होइन उनको समूहका सबैको त्यही २२ दिन नै हो । अवकाशको दिन नजिकिँदै गर्दा प्रहरी महानिरीक्षक अर्यालले लामो समयदेखि रोकिएको सरूवा प्रक्रियालाई सुचारू गर्नका आफना केही आसेपासेको सहित सरूवा लिष्ट तयार गरी गृहमन्त्री रामबहादुर थापासमक्ष पुगेका थिए । तर, मन्त्री थापाले केही दिन पख्नुस् भन्दै आइजिपी अर्याललाई फर्काइदिएका थिए । स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको झण्डै चार महिना बित्न लाग्दासमेत प्रहरीको सरूवा र बढुवा हुन सकेको छैन ।

जबकि निर्वाचन सकिए लगत्तै प्रहरीको सरूवा गर्ने आन्तरिक नीति नै हो । यसअघि उनी सरूवा गर्न तम्सेका थिएनन । हतरमै मानवस्रोत र कर्मचारी प्रशासन शाखालाई सरूवाको सूची बनाउन लगाएर उनी मन्त्रालय पुगेका हुन् । किनकी निर्वाचनका समयमा कतिपय प्रहरी अधिकृतहरूले आफू नजिक रहेको निश्चित पार्टीको पक्षमा कार्य गर्ने र विवादमा पर्ने गर्दछन् । यस पटक पनि त्यो क्रमले निरन्तरता पायो । निर्वाचन सकिसकेपछि पनि सरूवा हुन सकेन । सरकार गठनसँगै सरूवा हुने भनिए पनि त्यो हुन सकेको छैन । प्रधानमन्त्री केपी ओली वर्तमान आइजिपी प्रकाश अर्यालसँग रूष्ट छन् । नवराज सिलवाल प्रकरणमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र आइजिपी अर्यालले गरेको पदीय दुरूपयोगका कारण पनि ओली देउवासँग मात्रै होइन अर्यालसँग पनि त्यत्तिकै रूष्ट छन् ।

यही कारण पनि अर्यालको कार्यकालमा प्रहरीको सरूवा, बढुवा गर्ने पक्षमा प्रधानमन्त्री ओली नभएका कारण अर्यालले सरूवाको लिष्ट लिएर जाँदा गृहमन्त्री थापाले फर्काइदिएका हुन् । शुक्रबारबाट ६ दिन विदामा बस्ने तयारी गरेका आइजीपी अर्याललाई एक्कासी गृहमन्त्रालयले बोलाएको थियो त्यही मौकामा सरूवा सूची बोकेर पुगेका थिए । लामो समयदेखि प्रहरीमा धेरै पदहरू रिक्त रहेका छन, तर पनि बढुवा हुन सकेको छैन । तलदेखि माथिसम्म धेरै पदहरू रिक्त हुँदा पनि बढुवा नभएका कारण प्रहरीमा नैराश्यता त छाएकै छ, क्यारिएर भएका अफिसरहरू बढुवा हुनबाट बन्चित छन् । एसपीसम्मको सरूवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई भए पनि आइजिपी अर्यालले मन्त्री एवम् प्रधानमन्त्रीले सहमति नदिए पनि सरूवा गर्न सक्ने आँट गर्न सकेका छैनन् ।

कानुनले दिएको अधिकारसमेत प्रयोग गर्न नसकेको भन्दै संगठनभित्रै पनि आइजिपी अर्यालको आलोचना हुन थालेको छ । अर्यालले बिदामा बस्ने–नबस्ने अहिलेसम्म कुनै निर्णय गर्न सकेका छैनन् । विगतमा आइजिपी एक महिनाअघि नै बिदा बस्ने प्रचलन थियो । पछिल्ला वर्षहरूमा बिदा बस्ने प्रचलन हटेको छ । अर्यालको पनि जागिर अवधि केबल २२ दिनमात्रै रहेका कारण उनले बिदा बस्ने–नबस्ने निर्णय गरिसकेका छैनन् । उनी बिदा बसेका खण्डमा निमित्त आइजिपीको जिम्मा एआइजीमा पहिलो नम्बरमा रहेका बमबहादुर भण्डारीले पाउनेछन् । एक प्रहरी अधिकृतले भने आइजिपी बिदा बसेर भण्डारी निमित्त भएका खण्डमा रोकिएको प्रहरीको सरूवा भने हुनेछ । प्रकाश अर्याल विदामा बसेभने सरकारलाई समेत कुनै एक डिआइजीलाई एआइजीमा बढुवा गर्न बाटो खुल्ने भएपनि उनी अटेर गरेर २८ चैत नै कुर्ने अवस्था रहेका छन् । प्रधानमन्त्रीले समेत विफ्रङ नलिएपछि उनी आफैले विदा बस्नुपर्ने बुझ पचाएर मन्त्रालय प्रहरी प्रधानकार्यालय गर्दे बसिरहेको जनप्रहार साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी