प्रचण्डले हतियार उठाउनुपर्छ ! भनेर बोले पछी जन्मदिनका दिन झलनाथले पार्टी एकताको यस्तो कुरा सुनाए



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताएका छन् ।

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्माण गर्नुपर्ने बताए । ‘वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास गर्नुहुन्न, विचार र सिद्धान्त पूर्ण छ भन्छ, अर्काले केही पनि भएको छैन र हतियार उठाउनुपर्छ भन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यी दुबै द्वन्द्वात्मक भौतिकवाद विरोधी विचार हुन् ।’

नेपाली राजनीति विगत ३० वर्षदेखि एउटा गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले धेरै कुरा पाएका छौं । तर, अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी छन्, त्यसैले अहिले समाजवादी क्रान्तिको नयाँ कार्यभार लिने गरी एउटै बलियो कम्यूनिस्ट केन्द्रको घोषणा हामीले गरेका छौं ।’ पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको उनले बताए ।
‘नेपाली जनताले आफ्नो व्यवहारिक जीवनमा परिवर्तन महसुस नगरेसम्म हामीले सबैथोक पाइसक्यौ भन्न मिल्दैन,’ प्रचण्डले भने ।

नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्त्री झलनाथ खनालको आज जन्मदिन । शुभकामना दिनेहरुको ओइरो लागेको छ । खनाल अहिले इलाममा छन् । र आजै काठमाण्डौ आउँदैछन् । जन्मदिन मनाउनका लागि पार्टीका कार्यकर्तादेखि साथीभाइले भेट्ने समय मागेपछि उनी काठमाण्डौ आउन लागेका हुन् ।

खनालले आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
“काठमाण्डौ आइपुगेपछि घरमै बर्थडेको समारोह बन्छ । तर मैले कसैलाई पनि निम्तो गरको छैन ।” खनालले भने ।

शुभेच्छुक तथा साथीभाइहरु आउने भएकाले केक काटिने भए पनि औपचारिक कार्यक्रम नभएकाले कसैलाई पनि नबोलाएको उनले स्पष्ट पारे ।कुराकानीका क्रममा खनालले बैशाख नौ गने पार्टी एकता प्रक्रिया समाप्त हुने बताए । “अहिले सबै प्रक्रिया मिलाउन प्रयत्न गरिरहेका छौँ । वैशाख नौ गते पक्का पार्टी एकता घोषणा हुन्छ ।” उनले भने ।
सबै समस्याहरु समाधान हुँदै गएको दाबी गर्दै नेता खनालले पार्टी एकता कसैले पनि रोक्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...