प्रचण्डले हतियार उठाउनुपर्छ ! भनेर बोले पछी जन्मदिनका दिन झलनाथले पार्टी एकताको यस्तो कुरा सुनाए



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताएका छन् ।

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्माण गर्नुपर्ने बताए । ‘वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास गर्नुहुन्न, विचार र सिद्धान्त पूर्ण छ भन्छ, अर्काले केही पनि भएको छैन र हतियार उठाउनुपर्छ भन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यी दुबै द्वन्द्वात्मक भौतिकवाद विरोधी विचार हुन् ।’

नेपाली राजनीति विगत ३० वर्षदेखि एउटा गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले धेरै कुरा पाएका छौं । तर, अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी छन्, त्यसैले अहिले समाजवादी क्रान्तिको नयाँ कार्यभार लिने गरी एउटै बलियो कम्यूनिस्ट केन्द्रको घोषणा हामीले गरेका छौं ।’ पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको उनले बताए ।
‘नेपाली जनताले आफ्नो व्यवहारिक जीवनमा परिवर्तन महसुस नगरेसम्म हामीले सबैथोक पाइसक्यौ भन्न मिल्दैन,’ प्रचण्डले भने ।

नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्त्री झलनाथ खनालको आज जन्मदिन । शुभकामना दिनेहरुको ओइरो लागेको छ । खनाल अहिले इलाममा छन् । र आजै काठमाण्डौ आउँदैछन् । जन्मदिन मनाउनका लागि पार्टीका कार्यकर्तादेखि साथीभाइले भेट्ने समय मागेपछि उनी काठमाण्डौ आउन लागेका हुन् ।

खनालले आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
“काठमाण्डौ आइपुगेपछि घरमै बर्थडेको समारोह बन्छ । तर मैले कसैलाई पनि निम्तो गरको छैन ।” खनालले भने ।

शुभेच्छुक तथा साथीभाइहरु आउने भएकाले केक काटिने भए पनि औपचारिक कार्यक्रम नभएकाले कसैलाई पनि नबोलाएको उनले स्पष्ट पारे ।कुराकानीका क्रममा खनालले बैशाख नौ गने पार्टी एकता प्रक्रिया समाप्त हुने बताए । “अहिले सबै प्रक्रिया मिलाउन प्रयत्न गरिरहेका छौँ । वैशाख नौ गते पक्का पार्टी एकता घोषणा हुन्छ ।” उनले भने ।
सबै समस्याहरु समाधान हुँदै गएको दाबी गर्दै नेता खनालले पार्टी एकता कसैले पनि रोक्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी