मोदीलाई नेपाल ल्याउन ओलीले थाले यस्तो पहल,ज्ञवाली चाँडै भारत भ्रमणमा जाने साइत जुराउदै



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली चाँडै भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका मिलाउनको लागि भारत जान लागेका हुन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हिजोमात्रै मन्त्री ज्ञवालीलाई बधाई दिएकी थिईन् । बधाईसँगै उनले भारत भ्रमणको पनि निम्तो दिईएको स्रोतले जनाएको छ । सोही अनुसार उनी चाँडै भारत भ्रमणमा जान लागेका हुन् ।

निर्वाचन सम्पन्न भएसँगै भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई बधाई दिनुको साथै भ्रमणको निम्तो दिएका थिए । उनले फोनमा ओलीसँग भनेका थिए,‘तपाईलाई भारतमा स्वागत गर्न आँतुर छौं, सहकार्य गर्न तयार छौं।’

यता ओलीले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिईसकेका छन् । दुवै प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना एक–आपसमा आदानप्रदानसँगै द्धिपक्षीय भ्रमणको बारेमा कुराकानी गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीको यो तयारीसँगै प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने आँकलन गर्न सकिन्छ । केही दिनअघिमात्रै मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारत नै गर्न सक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...