मोदीलाई नेपाल ल्याउन ओलीले थाले यस्तो पहल,ज्ञवाली चाँडै भारत भ्रमणमा जाने साइत जुराउदै



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली चाँडै भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका मिलाउनको लागि भारत जान लागेका हुन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हिजोमात्रै मन्त्री ज्ञवालीलाई बधाई दिएकी थिईन् । बधाईसँगै उनले भारत भ्रमणको पनि निम्तो दिईएको स्रोतले जनाएको छ । सोही अनुसार उनी चाँडै भारत भ्रमणमा जान लागेका हुन् ।

निर्वाचन सम्पन्न भएसँगै भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई बधाई दिनुको साथै भ्रमणको निम्तो दिएका थिए । उनले फोनमा ओलीसँग भनेका थिए,‘तपाईलाई भारतमा स्वागत गर्न आँतुर छौं, सहकार्य गर्न तयार छौं।’

यता ओलीले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिईसकेका छन् । दुवै प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना एक–आपसमा आदानप्रदानसँगै द्धिपक्षीय भ्रमणको बारेमा कुराकानी गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीको यो तयारीसँगै प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने आँकलन गर्न सकिन्छ । केही दिनअघिमात्रै मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारत नै गर्न सक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...