गोपाल पराजुलीलाई जेल हाल्न माग गर्दै प्रहरीमा उजुरी दर्ता



हाम्रो इकोनोमि

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ।
गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले पराजुलीले नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धी अपराध गरेको उल्लेख गर्दै उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्।

‘जाहेरी आएको छ, हामी बुझ्ने प्रक्रियामा छौं। त्यसपछि मात्रै दर्ता गर्ने/नगर्ने निर्णय गर्नेछौं’, महानगरीय प्रहरी परिसरका डिएसपी मोहन थापाले भने।

प्रधानन्यायाधीशको कार्यकाल अनुचित रुपमा लम्ब्याउने चाहनाले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्ममिति बनाएको जाहेरीमा भनिएको छ। यस्ता कार्यले न्यायाधीशमा हुनुपर्ने उच्च नैतिक चरित्रको क्षयीकरण भएको पनि जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट पराजुलीले लिएको नागरिकतामा जन्ममिति २००९ साउन २१ गते देखिएको तर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएको प्रतिलिपिमा २०१० साल बैशाख १६ गते कायम गरिएको भनिएको छ। यस्तै, एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०११ बैशाख १३ गते उल्लेख छ भने नेपाल ल क्याम्पसमा प्रमाणपत्रहरुमा २०१० बैशाख १३ गते रहेको उल्लेख गरिएको छ।

उमेरकै विवादमा न्याय परिषद् सचिवालयले जन्ममितिका आधारमा गत साउन २१ गते नै पराजुलीको कार्यकाल सकिएको भन्दै गत फागुन ३० गते उनलाई अवकाशपत्र पठाएको थियो। त्यसको भोलिपल्ट पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका थिए।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले चैत १ देखि कामु प्रधानन्यायाधीशको पदभार सम्हालिसकेका

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...