गोपाल पराजुलीलाई सनासो लगाउन अवहेलना मुद्दा न्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासमा



हाम्रो इकोनोमि

गत साउन २१ देखि नै अवकास पाएर पनि अवैधानिक रुपमा पदमा बसेको भनी न्याय परिषदको पत्रपछि राजीनामा दिएका निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अवहेलन मुद्दा दर्ता हुने वा नहुने विवाद सम्बन्धी निवेदन उनैसँग इजलाश बहिस्कार गरेका न्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलाशमा पेशी परेको छ।

आइतबार उक्त मुद्दाको पेशी कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नै इजलाशमा तोके पनि सुनुवाइ हुन सकेको थिएन। सोमबार पुनः उक्त निवेदन राणाको एकल इजलाशमा पेशी तोकिएको हो।

पराजुली सर्वोच्चको नेतृत्वमा बाहाल हुदाँ एक आपसमा उनीहरुबीच  द्वन्द्व थियो। राणाले उनीसँगको बृहत् पूर्ण इजालाश बहिस्कार गरेका थिए भने पराजुलीले उनलाई मुद्दा नै नतोकी खाली राखेका थिए।

मनोज अधिकारीले दर्ता गराएको अवहेलना निवेदन दर्ता गर्न आदेश भएमा न्यायिक इतिहासमा पहिलो पटक पदमा रहँदा सम्पादन गरेको कामका कारण प्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना मुद्दा चल्नेछ। यसअघि पराजुली नेतृत्वमा हुदाँ उक्त निवेदन प्रधानन्यायाधीश विरुद्ध अवहेलना निवेदन दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिएको थियो। सर्वोच्च प्रशासनले गरेको दरपिठ विरुद्ध अधिकारीले इजलाशमा निवेदन दिएका थिए। उक्त निवेदनलाई जोशीले राणाको इजलाशमा पेशी तोकिदिएका हुन्।

डा गोविन्द केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको जिकिर अधिकारीको निवेदनमा गरिएको छ।

प्रधानन्यायाधीश पराजुलीको कुन कार्य अवहेलना भयो त्यो कार्यको पुष्टि हुने आधिकारिक प्रमाण नल्याएको भन्दै सर्वोच्चका सहरजिस्टार नारायण पन्थीले उक्त निवेदन दरपीठ गरेका थिए।
पत्रिकामा आएका समाचारका आधारमा अवहेलना मुद्दा नलाग्ने दरपिठमा भनिएको थियो।

पराजुलीले प्रधानन्यायाधीशको पदमै हुदाँ डा केसीका कानुन व्यवसायी सुरेन्द्र भण्डारीलाई धम्की दिएको निवेदनमा उल्लेख छ। त्यस्तै, किर्ते नागरिकता र फरक-फरक शैक्षिक प्रमाणपत्रका आधारमा न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म भएर पराजुलीले अदालतको अवहेलना गरेको निवेदनमा जिकिर गरिएको छ।

डा केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफिया भन्दै राजीनामा मागेपछि उनीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दायर गरेको थियो।

त्यही मुद्दाको सुनुवाइमा डा केसीले माफी मागेमा वा आवेशमा आएर बोलेको हुँ भनेमा मुद्दा फिर्ता गर्नेसम्मको प्रलोभन प्रधानन्यायाधीशले दिएको भन्दै केसीका मुख्य वकिल सुरेन्द्र भण्डारीले सार्वजनिक गरेका थिए। आफूले नमानेपछि प्रधानन्यायाधीशले मार्नेसम्मको धम्की दिएको भन्दै उनले जिल्ला प्रशासन कार्यलयमा सुरक्षा माग्दै निवेदनसमेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...