बाम एकता तोड्न कांग्रेसले फाल्यो यस्तो तुरुप,प्रचण्डलाई फकाएर ओलीलाई छिर्के हान्ने कांग्रेसको यस्तो छ निती



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ ।

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिएर पार्टी एकता प्रक्रिया अघि बढाएका एमाले र माओवादी केन्द्रलाई कांग्रेसले फरक दृष्टि र व्यवहार गरेको छ । दुई दलबीच पार्टी एकता असफल भएको अवस्थामा माओवादीलाई साथ लिएर एमालेलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेसले माओवादीसँगको सम्बन्धलाई बिगार्न नचाहेको कांग्रेसकै नेताहरू स्वीकार गर्छन् ।

विभिन्न संवैधानिक पदमा एमालेतर्फका उम्मेदवारलाई कांग्रेसले निर्विरोध हुन दिएको छैन । तर, गठबन्धनकै माओवादीतर्फका उम्मेदवारलाई भने कांग्रेसले निर्विरोध बन्ने अवसर साथै समर्थनसमेत गर्दै आएको छ ।

गत २६ फागुनमा सम्पन्न सभामुखको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन गरेको थियो । तर, एमालेको भागमा परेको उपसभामुखको निर्वाचनमा कांग्रेसले शिवमाया तुम्बाहाङ्फेलाई उम्मेदवार बनाएकोमा कांग्रेसले पार्टीका तर्फबाट पुष्पा भुसाललाई अघि सारेर उपसभामुख निर्विरोध बन्न दिएन ।

महरालाई समर्थन गर्दै कांग्रेस नेता मीनेन्द्र रिजालले संसद् साझा थलो भएकाले सर्वसम्मत बनाउन समर्थन गर्ने जनाएका थिए । तर, कांग्रेसले एमालेको भागमा परेको उपसभामुखमा भने उम्मेदवारी दिएर निर्वाचन गर्न बाध्य बनायो । वाम गठबन्धनका कारण उपसभामुखमा पनि तुम्बाहाङ्फे विजयी बनिन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि कांग्रेसले एमालेको भागमा परेको उम्मेदवारमा उम्मेदवार उठायो भने माओवादीको भागमा परेको उम्मेदवारीमा निर्विरोध बनाइदिएको छ । एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटमा राष्ट्रपति पद आफ्नो भागमा परेपछि एमालेले विद्यादेवीभण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने निर्णय ग¥यो ।

कांग्रेसले भने राष्ट्रपतिमा कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनायो । एमालेको भागमा परेको राष्ट्रपतिका विरुद्ध उम्मेदवारी दिएको कांग्रेसले माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पदमा भने उम्मेदवारी नै दिएन । शनिबार उपराष्ट्रपति पदका लागि मनोनयनको कार्यतालिका रहेकोमा कांग्रेसले उम्मेदवारी नदिएर निर्विरोध बनाइदिएको छ ।

वाम गठबन्धनसँग स्पष्ट बहुमत रहेका कारण कांग्रेस उम्मेदवार पराजित हुने निश्चित हुँदाहुँदै पनि एमाले माओवादी केन्द्र गठबन्धन असफल बनाउन निर्वाचनमा रणनीतिक भूमिका खेलेको वाम गठबन्धनका नेताहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी