ओली सरकारमा मन्त्री खान चम्किएका उपेन्द्रले ओली माथी लगाए यस्तो गम्भीर आरोप,फेरि नाकाबन्दी हुने चेतावनी



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले संघीय प्रणालीको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् ।

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको पछिल्लो व्यवहार र चरित्र संघीयता अनुकूल नरहेको दावी समेत गरे ।
आईतबार काठमाडौंमा आयोजित ‘बृहत नागरिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘कैलालीमा बोक्सीको आरोपमा कुटपीट गर्नेमाथि कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको’ भन्नु संघीय प्रणाली उलंघनको दृष्टान्त भएको चर्चा गरे ।
सम्बन्धित प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्न प्रधानमन्त्रीले नमिल्ने उनको भनाई छ । अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौंधरीलाई पक्राउ गर्ने अधिकार केन्द्र सरकारलाई नरहेको पनि तर्क गरे ।
प्रधानमन्त्री ओलीले कैलाली घटनाका दोषीमाथि कार्वाही गर्न प्रहरीलाई निर्देशन दिइएको संसदमा जानकारी गराएका थिए ।
अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको सो निर्देशन संघीयता अनुकूल नरहेको दावी गरे ।

अध्यक्ष यादवले प्रदेशलाई स्रोत, साधनले सम्पन्न नबनाए मुलुकमा फेरि नाकाबन्दी हुने चेतावनी पनि दिए ।
उनले शान्तिका लागि सबै प्रदेशमा आवश्यक स्रोत र साधनको व्यवस्था गर्न केन्द्र सरकारले ढिलाई गर्न नहुने पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...