ओली सरकारमा पठाउने मन्त्री छान्न उपेन्द्र यादवले बोलाए बैठक,को-को हुदैछन् मन्त्री?



हाम्रो इकोनोमि

सरकारमा जाने–नजाने विषयमा अन्योलमा रहेको संघीय समाजवादी फोरम अन्तत केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

मन्त्री मण्डलमा सहभागी हुने नेताहरुको नाम चयन गर्नका लागि फोरम अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउसो १ बजे पदाधिकारी बैठक आयोजना गरेका छन्।

संविधान संसोधनका विषयमा कुरा मिलिनसकेपनि फोरमले सरकारमा जाने तयारी गरेको हो। आजको बैठकले सरकारमा जाने नेताहरुको नाम टुंग्याउनेछ।

‘संविधान संसोधनमा कुरा मिलिसिकेको छैन, तर नेताहरु सरकारमा जान खुट्टा उचालेर बसेका छन्’ फोरमका एक नेताले भने, ‘कुन खुट्टो पठाउने भन्ने निर्णय आजको बैठकले गर्नेछ।’

फोरमका लागि प्रधानमन्त्री ओलीले दुई मन्त्रालय छुट्ट्याएका छन्, तिनमा शहरी विकास र स्वाथ्य तथा जनसंख्या मन्त्रालय छन्। श्रोतका अनुसार उपेन्द्र यादब आफै र रेणु यादब र इस्तियाक राई मध्य एक जना मन्त्री बन्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...