कांग्रेसले उम्मेदवारी दिएन,उपराष्ट्रपतिमा नन्दबहादुर पुन भए निर्विरोध निर्वाचित



हाम्रो इकोनोमि

उपराष्ट्रपति पदमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन निर्विरोध भएका छन्।
उम्मेवारी दर्ताको निर्धारित समयमा वर्तमान उपराष्ट्रपति पुनको मात्रै उम्मेवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन्।

राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएको छैन।

उपराष्ट्रपतिमा पुनको मात्रै उम्मेदवारी परे पनि विजयको घोषणा भोली मात्रै हुने भएको छ। निर्वाचनको कार्यतालिकाअनुसार भोलिसम्म दावी विरोधको समय रहेकाले आयोगले आज विजयी भएको घोषणा भोलि नै गर्ने भएको छ।

पुनको समर्थकमा सुवास नेम्वाण्ङ, पम्फा भुुसाल, रेखा शर्मा, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ र समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन्।

उम्मेदवारी दर्ता गर्दै उपराष्ट्रपति पुनले आफू संविधानको पालन गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताका पक्षमा निरन्तर कटिवद्ध हुने बताए।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...