चुनाबी सभामा धाराप्रबाह ४७ मिनेटसम्म योगेशको गुणगान यसरी गाएका थिए ओलीले,किन हाने अहिले छिर्के?



चुनाव कसले जित्छ भन्ने यकिन थिएन। पार्टीहरु चुनावी अभियानमा व्यस्त थिए। त्यसैले, कसलाई मन्त्री बनाउने बहस पनि चलेकै थिएन। तर, चुनावी अभियानका दौरान १९ कार्तिक (०७४) मा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभामा भनिदिए, ‘योगेश भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता हो। यहाँ (ताप्लेजुङ) बाट तपाईंहरुले प्रतिनिधि सभामा जिताएर पठाउनुस्। काठमाडौंमा योगेशलाई मन्त्री बनाउने जिम्मा मेरो भो।’

३ फागुनमा प्रधानमन्त्री नियुक्त भए ओली। त्यसदिन आफूसहित २ जनाको सानो मन्त्री मण्डल बनाए। १४ फागुनमा एमाले र माओवादी केन्द्रका केही मन्त्री राखेर दोस्रो पटक मन्त्री मण्डल विस्तार गरे। मन्त्री मण्डलले पूर्णता पाउन अझै केहीलाई मन्त्री नियुक्त गर्नु जरुरी थियो। यही कारणपनि दोस्रो पटकको विस्तार हुँदा १९ कार्तिकमा ताप्लेजुङका जनतासँग ओली आफैले गरेको वाचा अनुसार ‘योगेशलाई किन मन्त्री बनाएनौ? भनेर कसैले प्रश्न गरेनन्।

‘मन्त्रीमण्डलले पूर्णता पाउँदा योगेश पक्कै पर्छन्’ भन्ने विश्वास धेरैको थियो।

आज (२ चैत्र) मा ओलीले तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन्। सम्भवतः यसपटकका लागि यो नै अन्तिम विस्तार हो। यो विस्तारमा एमालेका कतिपय कनिष्ट नेताहरुले समेत मन्त्री बन्ने सौभाग्य पाएका छन्। कसैले मन्त्री बन्ला भनेर नसोचेकाहरु पनि मन्त्री बनेका छन्। तर, ताप्लेजुङका जनतालाई ‘योगेशलाई जिताएर पठाइदिनुस्, म मन्त्री बनाउँछु’ भनेर आफैले दिएको बचन अनुसार ओलीले योगेशलाई मन्त्री बनाएनन्।

आखिर प्रधानमन्त्री ओलीले योगेशलाई किन मन्त्री बनाएनन्? कारण निम्न हुन सक्छन्:

आफ्नै बोलीको शिकार
१७ असोजमा एमाले–माओवादी केन्द्रबीच वामगठबन्धन बनाएर चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकतासमेत गर्ने घोषणा भयो। चुनावमा वामगठबन्धनले ठूलो सफलता प्राप्त पनि ग¥यो। तर, लामो समय एकता प्रक्रियालाई दुबै पार्टीले अघि बढाउन सकेनन्। मुख्य कारण पार्टीको अध्यक्ष को बन्ने भन्ने थियो। एकिकृत पार्टीको अध्यक्ष पद छाड्न ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै तयार देखिएनन्। अध्यक्षकै कारण पार्टी एकता नै नहुने हो कि भन्ने आशंकासमेत उत्पन्न भयो।

दुई नेताहरुको अध्यक्ष बन्ने लालशाका कारण पार्टी एकता नै भाँडमा जाने हो कि भन्ने स्थिति सिर्जना भएपछि १६ पुषमा राजधानीमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा योगेशले भने, ‘ओली र प्रचण्ड दुबैजना मण्डेला बन्नुपर्छ।’ उनको भनाईको आसय दुबैजनाले अध्यक्षमा दावी गर्नुहुँदैन भन्ने थियो।

प्रधानमन्त्रीमात्र होइन, एकिकृत पार्टीको अध्यक्षपनि बन्न खोजेका ओलीलाई आफ्नै पार्टीका सचिवले अध्यक्षको दावी नगर्नुस् भनेपछि के चाहियो? धेरैको अनुमानमा संभवतः यस पटकको मन्त्री मण्डल विस्तारमा योगेश आफ्नो त्यही बोलीको शिकार भए।

बिपरित गुट
२०५४ मा एमाले–माले विभाजन हुँदा बामदेब गौतमले नेतृत्व गरेको नेकपा (माले) मा सामेल भए योगेश। २०५८ मा गौतम एमालेमा नै फर्के, गौतमसँगै योगेशपनि फर्के। ०७० मा पुग्दासम्म गौतम ओली गुटमै मिसिए। तर, लामो समय गौतमको साथमा रहेका योगेश ओली गुटमा गएनन्। ओली गुटमा नरहिकनै उनले आठौं र नबौं महाधिवेशनमा क्रमश: केन्द्रीय सदस्य र सचिवको चुनाव जिते। उनी माधव नेपाल समूहमा खुले।

पछिल्लो समय बरिष्ठ नेता माधव नेपालसमेत ओलीप्रति नरम छन्। त्यसका विपरित योगेशले ओलीका कार्यशैली, गुटगट क्रियाकलापको पार्टी बैठकमा जमेर आलोचना गरेका छन्। माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतमजस्ता शीर्ष नेतालाई समेत आफु निकट ल्याइसकेको स्थितिमा आफूलाई योगेशले दिएको चुनौति ओलीलाई सायद मन परेको छैन।

एमालेभित्र आम बुझाइ के छ भने ओलीले आफुलाई विगतमा सहयोग गरेका नेतालाई मात्रै मन्त्री बनाउने सूचीमा राखेका छन्। त्यसैले आलोचना गर्दै अगाडि बढेका योगेश त्यो सूचीमा परेनन्।

उत्तराधिकारी बन्ने होड
यसपटक मन्त्री मण्डल विस्तारका विषयमा ओलीले बरिष्ठ नेता नेपालसँग पनि परामर्श गरेका थिए। ओलीले नेपालसँग मन्त्री बनाउन चाहेका नेताहरुको नाम मागे। एमालेका उच्च स्रोतहरूका अनुसार नेपालले सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण भट्टको नाम दिए। नेपालकै अघिल्तिर ओलीले पाण्डे र योगेशको नाम ओलीले अस्वीकार गरे। बिष्टको नामप्रति भने कुनै टिप्पणी गरेनन्।

पहिलो बिस्तारमा नै नेपाल समूहबाट लालबाबु पण्डित मन्त्री बने। यस पटकको विस्तारमा नेपाल समूहका बिष्ट र शेरबहादुर तामाङले मन्त्री बन्ने अवसर पाए। उपाध्यक्ष बामदेब गौतम निकट रबीन्द्र अधिकारीले पनि आकर्षक मानिने पर्यटन मन्त्रालयको जिम्मेवारी पाए। तर, नेपालले सिफारिस गरेका योगेशले चाहिँ यो अवसर पाएनन्। नेपाल गुटका कतिपयको भनाइमा यसको एउटा कारण ओली गुटका नेताहरु योगेशबाट त्रसित हुनु हो।

उनीहरुका भनाईमा, योगेश क्षमतावान छँदैछन्, त्यसबाहेक ओलीजस्ता शक्तिशाली नेतालाई समेत पार्टीका आन्तरिक मञ्चहरुमा टक्कर दिएर उनले आफ्नो व्यक्तित्व अरु बढाएका छन्। अपेक्षाकृत कम उमेरमा उनी एमालेको सचिव बनिसकेका छन्। तर, जुन रुपमा उनको क्षमता र व्यक्तित्व उद्घाटित हुनुपर्ने हो, अहिलेसम्म कुनै राजकीय जिम्मेवारीको अवसर नपाएकाले त्यसरुपमा उद्घाटित हुन पाएको छैन।

यदि योगेश सरकारमा गए, आफूले सम्हालेको मन्त्रालयमा राम्रो काम गरे भने उनको व्यक्तित्व बढ्नेछ र योगेशको त्यो व्यक्तित्व आफ्ना लागि चुनौति हुने एमालेका ती नेताहरुले ठानेका छन्, जसले आफूलाई ओलीको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्न खोजिरहेका छन्। यस पटकको विस्तारमा ओलीको छनोटमा योगेश नपर्नुको एउटा कारण ‘ओलीका उत्तराधिकारी’ ले उनलाई मन्त्री नबनाउन दिएको सुझाव पनि हो भनिन्छ।

एमालेको स्थायी समिति २४ सदस्यीय छ। स्थायी समितिका २३ जना नेताहरु कुनै न कुनै बेला मन्त्री बनिसकेका छन्। मन्त्री हुन बाँकी योगेशमात्र हुन्। उनलाई मन्त्री बनाउने सार्वजनिक बाचा ओली आफैले गरेका पनि हुन्। तर, पनि मन्त्री बनाइएनन्।

तर, के मन्त्री नहुँदैमा ओली र उनी पक्षीय नेताहरुले योगेशको बढ्दो लोकप्रियता रोक्न सक्लान्?

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी