योगेशलाई सिध्याउनु पर्छ भन्दै माधब र झलनाथले ओलीलाई उक्साएको यस्तो पोल खुल्यो,रिमालले हाने छिर्के



हाम्रो इकोनोमि

एमाले सचिव योगेश भट्टराई मन्त्री बन्ने हल्लाका बावजुद पनि मन्त्री नबनेपछि अहिले उनको बारेमा चर्चा चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डलमा पार्टी सचिव भट्टराई नअटाएसँगै अहिले बिभिन्न कोणबाट टिका टिप्पणीहरु भैरहेका छन् । सचिव भट्टराई मन्त्रीमा नअटाउनुको प्रमुख कारण प्रधानमन्त्री ओलीले नै उनलाई रुचाएनन् । यो सँगै बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले पनि उनलाई रुचाएनन् ।

बिषेशगरी नेता नेपाल समूहको कोटाबाट मन्त्री बनाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । तर, नेपालले प्रधानमन्त्रीको यो प्रस्ताव ठाडै अस्विकार गरिदिए । स्रोतका अनुसार माधव नेपालले आफ्नो कोटाबाट कहाँँ बनाउने ? भन्दै ओलीको प्रस्ताव रिजेक्ट मात्रै गरेनन । आफ्नो कोटाबाट योगेश नरहेको सुनाए ।

योगेशको सट्टा बरिष्ठ नेता खनालका विश्वाससिला नेता गोकर्ण बिष्ट मन्त्री बने । यसमा दुवै बरिष्ठ नेता खनाल र नेपालको सहमति छ ।

त्यस्तै स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि योेगेशलाई मन्त्री नबनाउन लबिङ गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा कात्तिक १९ गते ताप्लेजुङमा आयोजित आमसभामा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘जिताएर पठाउनुस् मन्त्रीको बिल्ला भिराएर पठाउँछु। अब बकाइदा मन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको हो।’

तर तेस्रो पटकको मन्त्रिपरिषद् विस्तारमा पनि एमाले सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सरकारमा अटेनन्।

एमाले स्थायी कमिटीबाट महत्वपूर्ण पदको लाभमा नपुगेका भट्टराई वर्तमान मन्त्रिपरिषद्मा अट्ने धेरैको अपेक्षा थियो तर उनलाई ओलीले ‘धोका’ दिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेका छन्। भट्टराईले भने सामाजिक सञ्जालमार्फत नयाँ सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुलाई शुभकामना दिएर औपचारिकता निर्वाह गरेका छन्।

 भट्टराईले अधिकांश आआफ्नो क्षेत्रमा राम्रो काम गरेर आएका योग्य व्यक्ति वर्तमान मन्त्री मण्डलमा सहभागी भएको बताए।

वर्तमान सरकार र प्रधानमन्त्री केपी ओलीप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षा पूरा गर्न प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डल क्रियाशील रहने अपेक्षा पनि गरे।

यसबारे जिज्ञासा राख्दा भट्टराईले मन्त्री छनोट गर्ने अधिकार संविधान अनुसार प्रधानमन्त्रीको रहेको उल्लेख गर्दै त्यस विषयमा आफ्नो कुनै टिप्पणी नभएको बताए। उनले भने, ‘प्रधानमन्त्रीले आफूलाई काम गर्न सजिलो व्यक्ति मन्त्री छनोट गर्ने संवैधानिक अधिकार छ। त्यो अधिकार उहाँले प्रयोग गर्नु भएको छ। मलाई केही भन्नुछैन।’

पार्टी अध्यक्ष ओलीले त मन्त्री बनाउने वाचा गर्नुभएको थियो नि भन्ने प्रश्नमा उनले संक्षिप्त जवाफ दिए, ‘त्यो उहाँले नै सम्झिने कुरा हो।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...