‘मण्डेला’ काण्डले योगेशको मन्त्री खायो, मन्त्री हुनबाट रोक्न विष्णु रिमालको हात



प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मन्त्री बनाउन भनेर सार्वजनिक सभामा नाम घोषणा गरेका सचिव योगेश भट्टराई शुक्रबारको बिस्तारमा अटाउन सकेनन् । धेरैले पहिलो चरणमा नै उनी मन्त्री बन्ने अनुमान गरेका थिए। तर पार्टी भित्रको राजनीतिमा  उनी साँंचो कुरा बोल्दा बिवादमा परे। उनलाई मन्त्री हुनबाट रोक्नका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लहकार विष्णु रिमालको हात रहेको बताइएको छ।
अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा त्याग गरेर मण्डेला बन्न  फेस बुक मार्फत भट्टराईले सुझाव दिएपछि रिमालले फेसबुक मार्फतनै कडा जवाफ दिएका थिए। त्यसैबेला देखि भट्टराई र रिमालबीच चीसो शुरु भएको बताईएको छ।  यहि चीसोका कारण भट्टराईको मन्त्री पद अडकिएको स्रोतले बतायो।
एमालेका एक नेताका अनुसार  पार्टीको स्थायी समितिको बैठकमा अष्टलक्ष्मी शाक्य, ठाकुर गैरे , घनश्याम भुसाल माथि अन्याय भएको भन्दै जोडदार आवाज उठाएपछि अध्यक्ष ओली भट्टराईसंग नेगेटिभ बन्दै गएका हुन्।
तर एमालेका एक नेताले भने अवको  विस्तारमा योगेश पर्ने बताए । उनका अनुसार त्यहि भएर गोकुल बाँस्कोटालाई संचार राज्यमन्त्री मात्र बनाईएको हो । ती नेताका अनुसार योगेशलाई माधव नेपाल  समूहमा कडा भएर नलाग्न चेतावनी दिनका लागि तड्पाएर मात्र मन्त्री दिन लागेका हुन। ती नेताका अनुसार अर्को विस्तारमा उनलाई संचार मन्त्री दिन लागेका छन्। सरल पत्रिकाअनलाइनमा समाचार छ । भट्टराई निकट स्रोतका अनुसार उनी भने अव दिएको मन्त्री स्वीकार नगर्ने मनस्थितिमा रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा