सी जिनपिङ बाँचुन्जेल राष्ट्रपति हुन पाउने बाटो खुला, चाँडैनै नेपाल भ्रमण हुने



हाम्रो इकोनोमि

चिनियाँ राष्ट्रपति सी जिनपिङ अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव चिनियाँ संसदले अनुमोदन गरेको छ ।शनिबार बिहान चिनियाँ संसदले सीलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्तावलाई सर्वसम्मतीले अनुमोदन गरेको हो । यसको अर्थ राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्नेछन् ।

 

यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछिकै शक्तिशाली मानिएका सीलाई नै अनन्तकालसम्म सत्तामा राख्ने व्यवस्था गर्नका लागि यसअघिको समयसीमा हटाउने प्रस्ताव संसदमा लगिएको थियो । संसदले त्यसलाई सर्वसम्मतीले पारित गरेको चिनियाँ समाचार एजेन्सीले लेखेको छ । यसैबीच शनिबारकै चिनियाँ संसद बैठकले वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन गरेको छ । वाङ सी निकट भ्रष्टाचारविरोधी पूर्वअधिकारी हुन् । सी जिनपिङले चाँडैनै नेपाल भ्रमण गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...