उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्दे पासाङ, जित पक्का



हाम्रो इकोनोमि

उपराष्ट्रपति निर्वाचनको लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ ।

 

उपराष्ट्रपतिमा नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने पक्का छ ।  उम्मेदवारी दर्ताका लागि पुन बिहान ११ बजे संघीय संसद भवन परिसरमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा पुग्दैछन् ।आजै चार बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ । आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...