उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्दे पासाङ, जित पक्का



हाम्रो इकोनोमि

उपराष्ट्रपति निर्वाचनको लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ ।

 

उपराष्ट्रपतिमा नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने पक्का छ ।  उम्मेदवारी दर्ताका लागि पुन बिहान ११ बजे संघीय संसद भवन परिसरमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा पुग्दैछन् ।आजै चार बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ । आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...