राजीनामा दिएर गए संगै पराजुलीले सर्वाेच्चको सवा करोड पर्ने नयाँ गाडी पनि संगै लगे,फर्काएनन्,निजी बनाए



हाम्रो इकोनोमि

सर्वाेच्च अदालतबाट विवादास्पद रुपमा वहिर्गमनमा परेका निवर्तमान प्रधानन्यायधीश गोपाल पराजुलीले जाँदाजाँदै पदको दुरुपयोग गर्दै भर्खरै खरिद गरेको सवा करोड मूल्य बराबरको नयाँ गाडी लिएर गएका छन्।

पराजुलीले बा२झ ३६१५ नम्बरको ‘टोयोटा फरच्युनर’ गाडी आफ्ना लागि सर्वोच्च अदालतबाट लगेर फिर्ता नगर्ने बताएका छन्। पराजुलीले आफू प्रधानन्यायाधीश हुदाँ माघमा सो गाडी किन्न लगाएका थिए।

सर्वोच्च अदालतका लागि प्रयोग गर्ने भन्दै किनिएको महँगो विलासी गाडी उनले आफैंले राखेर अन्य गाडी फिर्ता पठाएको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ। सर्वाेच्च स्रोतका अनुसार १ करोड २० लाख रुपैयाँमा सो गाडी खरिद गरिएको थियो।

सर्वाेच्चले नै पूर्वविशिष्ट अधिकारीहरुलाई कानुन बनाएर मात्र सुविधा दिन आदेश दिएको थियो। तर, सर्वाेच्चकै १२ पूर्वप्रधानन्यायधीशले सो आदेशको खिल्ली उडाउँदै गाडी सुविधा अवैध रुपमा उपभोग गर्दै आएका छन्। सर्वाेच्चले अवैध सुविधा खोस्नुको सट्टा पराजुलीलाई समेत महँगो गाडी दिएको छ।

तर, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराईले भने यसबारे आफूलाई धेरै जानकारी नभएको बताए। ‘यसअघि के भएका छन् र हाल कसले लगेका छन् मलाई धेरै जानकारी छैन,’ भट्टराईले भने, ‘यसबारे जानकारी लिएर मात्र भन्न सक्छु?’

यसअघि पूर्व प्रधानन्यायाधीशहरु सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, केदारप्रसाद गिरि, मीनबहादुर रायममाझी, दामोदर शर्मा, रामकुमार प्रसाद साह, कल्याण श्रेष्ठ र शुशीला कार्कीले सर्वोच्चकै गाडी लगेका थिए। सर्वाेच्चको गाडी लगेका कारण मर्मत खर्च समेत उनीहरुले अदालतबाट लिँदै आएको प्रशासन स्रोतले जनाएको छ।

प्रायः प्रधानन्यायाधीशले अवकाश पाउने समयमा सुविधा सम्पन्न नयाँ गाडी खरिद गर्ने र आफूले अवकाश पाएपछि सोही गाडी फिर्ता नगर्ने गरेका छन्।

सर्वोच्च अदालतले विशिष्ठ व्यक्तिहरुलाई सुविधा दिँदा कानुन बनाएर मात्र दिनुपर्ने फैसला गरे पनि त्यसको अवज्ञा पूर्व प्रधानन्यायाधीहरुबाटै हुँदै आएको छ।

यस्तो हुन्छ पूर्व प्रधानन्यायाधीशलाई सुविधा

पूर्व प्रधानन्यायाधीशलाई सुविधा दिने अलग्गै ऐन हालसम्म छैन। पूर्व विशिष्ठ पदाधिकारीलाई सुविधा दिने भन्दै निर्माण भएको विधेयक संसद्‌मा विचाराधिन छ। तर, सरकारले निर्णय गर्दै यस्तो सुविधा उपलब्ध गराउँदै आएको छ। हाल सरकारले पूर्व प्रधानन्यायाधीशलाई गाडी र चालक, नायव सुब्बा सरहको कर्मचारी १ जना, कार्यालय सहायक १ जना र ४ जना सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ।

ऐन नहुँदा पूर्व पदाधिकारीलाई सम्बन्धित निकायले नै सुविधा उपलब्ध गराउँदै आएको छ। सर्वोच्चबाट अवकाश पाएका प्रधानन्यायाधीशलाई सर्वोच्च प्रशासनले नै सुविधा उपलव्ध गराउने चलन छ। तर, अदालत प्रशासनले सुविधा उपलब्ध गराउने भए पनि हालसम्म प्रधानन्यायाधीशहरुले गाडी भने आफूखुसी रोजेर लैजाने गरेका छन्।

हाल विचाराधिन विधेयकमा यस्तो सुविधा सरकारले उपलब्ध गराउने व्यवस्था राखिएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...