प्रधानमन्त्री केपी ओली र पूर्वराजा ज्ञानेन्द्रका सल्लाहकार बीच आज बिहान यसरी भयो गोप्यवार्ता



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली र राजतन्त्रकालमा पूर्व राजा ज्ञानेन्द्र शाहका मानार्थ शाही पाश्ववर्ती रहेका र हाल सल्लाहकारको भूमिकामा रहेका मेजर जनरल (अप्रा) भरतकेशर सिंहबीच शुक्रबार बिहान गोप्यवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओली र सिंहबीच गोप्यवार्ता भएको हो।

विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय समितिको हैसियतमा प्रधानमन्त्री ओलीसँग भेटका लागि प्रधानमन्त्री निवास महासंघको टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटको प्रयोजन नेपाल आउन लागेका गोवर्धन मठ पुरीका शंकराचार्यको नेपाल भ्रमणबारे छलफल थियो।

सो मठका शंकाराचार्य निश्चलानन्द सरस्वती २ जेठमा नेपाल आउँदैछन्। निश्चलानन्द सरस्वती तिनै शंकराचार्य हुन्, जसले जिम्मेवारी सम्हालेको २५ वर्ष पुगेको उपलक्ष्यमा माघ अन्तिम साता उडिशा (भारत) मा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा अभिषेक कार्यक्रम भएको थियो।

निश्चलानन्द सरस्वतीले शंकराचार्यको जिम्मेवारी सम्हालेको २५ वर्ष पुगेको उपलक्ष्यमा भएको सो कार्यक्रममा भाग लिन गएका महासंघका अध्यक्ष सिंह र महासचिव अस्मिता भण्डारीमार्फत् ओलीले एमालेको अध्यक्षको हैसियतमा नेपाल भ्रमणको निम्तो पठाएका रहेछन्।

३ जेठमा शंकराचार्य निश्चलानन्द सरस्वती नेपाल आउने भएपछि उनको सुरक्षा, बसोबास र भ्रमणको व्यवस्था मिलाउने र उनी उपस्थित अन्य कार्यक्रममा पनि सरकारको सहभागिताका लागि छलफल गर्न अध्यक्ष सिंह र महासचिव भण्डारी प्रधानमन्त्री निवास पुगेका थिए।

नेपाल भ्रमणको चाँजो मिलाउन ‘एडभान्स्ड टिम’ का रुपमा नेपाल आएका शंकराचार्यका राष्ट्रिय प्रभारी पिसी झा र सचिव सुरेशकुमार सिंहपनि अध्यक्ष सिंह र महासचिव भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

बालुवाटार पुगेका उनीहरुले शंकराचार्यले नेपाल भ्रमण गर्न लागेको जानकारी गराए, प्रधानमन्त्री नबन्दै एमाले अध्यक्षका हैसियतमा ओलीले शंकराचार्यलाई नेपाल भ्रमण गर्न दिएको निम्तोबारे पनि स्मरण गराउँदै भ्रमणको उचित प्रबन्धका लागि अनुरोध गरे।

ओलीले उनीहरुलाई भने, ‘शंकराचार्यजीको भ्रमणका लागि सरकारको तर्फबाट के गर्नुपर्छ, त्यो गर्न सरकार तयार छ। त्यसको संयोजनचाहिँ विश्वहिन्दू महासंघको तर्फबाट गर्नुहोला।’ यति कुराकानी भएपछि प्रम ओली र सिंह दुबैले एक्लाएक्लै वार्ता गर्न चाहेको नेपाल खबरले उल्लेख गरेको छ ।

प्रम ओलीसँग आफूले एक्लाएक्लै वार्ता गरेको कुरा अध्यक्ष सिंहले पनि पुष्टि गरे। तर, के कुराकानी भयो, त्यो चाहिँ बताउन चाहेनन्। ‘सार्वजनिक गर्न मिल्ने भए भए एक्लाएक्लै कुराकानी नै गरिन्थेन नि!’ सिंहले भने, ‘प्रधानमन्त्री ओली आफैले भने छुट्टै कुरा, म चाहिँ भन्दिन।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...