एनसिसी बैंकका यी १३ भाईलाई प्रहरीले यसरी लियो कब्जामा, पक्राउ पर्नुका यस्ता छन् कारण



हाम्रो इकोनोमि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) मा छापा मारी पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै बैंकका १३ कर्मचारीलाई पक्राउ गरेको छ।

सिबिआईले एनसिसी बैंकका कर्मचारी पक्राउ गर्नुपर्ने कारणबारे यस्तो बताएको छः

–    कमशल धितो, भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको।

–    कृतिम ऋणीहरु खडा गरिएको।

–    निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको।

–    ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको।

–    मोटर बाटो नभएको भिरालो पाखो बारीहरु खेत, वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको।

–    धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको।

–    कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको।

–    कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको।

–    सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पुनः दोस्रो कर्जा प्रवाह गरेको।

–    एउटै व्यक्ति सञ्चालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको।

–    सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको।

–    अधिकांश धितो मूल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको।

यी हुन् पक्राउ पर्ने १३ कर्मचारी

– विष्णुप्रसाद धिताल    तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष
– ईच्छाबहादुर गुरुङ    तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक
– सुवर्णराज भण्डारी,     तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक
– मधुवनलाल श्रेष्ठ    तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक
– ऋषिराज भट्ट     तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको निमित्त कार्यकारी अधिकृत
– दुर्गा दत्त जोशी,     तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको वरिष्ठ प्रबन्धक
– रामचन्द्र बसौला    तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक
– विकास श्रेष्ठ    तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक
– सागर नेउपाने    तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको लोकन्थली शाखा प्रमुख
– मानबहादुर राउत    तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक
– विनितमणि उपाध्याय    तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक  महाप्रबन्धक
– मोहन खरेल    तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको कर्जा अधिकृत
– सुदीप थापा    तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक

प्रतिक्रिया दिनुहोस
बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ ।...

जनकपुरधाममा आइपुग्यो अयोध्याबाट रेल

    भारतको अयोध्याबाट १७ बोकीसहित सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ...

बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...