एमालेले छान्यो ६ मन्त्री, प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटनमन्त्री



हाम्रो इकोनोमि

नेकपा एमालेले ६  मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगमएका हुन् ।

 

ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी बास्कोटालाई राज्यमन्त्री बनाइएको हो ।

यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...